काठमाडौं- दोलखाको कालिञ्चोक मन्दिरमा निर्माण भएको केबलकारकाे उद्घाटन गरिएकाे छ ।
एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालनमा ल्याएको केबलकारको औपचारिक उद्घाटन गरेका छन्।
सार्वजनिक जग्गामा निर्माण भएको केबलकार उद्घाटनमा पूर्वप्रधानमन्त्री जस्तो राज्यको महत्वपूर्ण व्यक्ति आएको भन्दै नेकपा माओवादी केन्द्रले बिरोध गरेको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका समितिले एक विज्ञप्ती जारी गर्दै सार्वजनिक जग्गामा शक्तिको दुरुपयोग गरि निर्माण गरिएको केबलकार उद्घाटनमा पूर्वप्रधानमन्त्री पुग्नुलाई आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताएको हो।
विज्ञप्तीमा राज्यको सम्पती दोहन गरि अबैध ढंगले निर्माण गरिएको केबलकार उद्घाटनमा खड्ग प्रसाद ओली सहभागि हुनु राज्य संयन्त्र र ऐन नियमको खिल्ली उडाइएको आरोप लगाइएको छ ।
माओबादीका कार्यकर्ताले खड्ग प्रसाद ओलीलाई बिरोध गर्दै कालो झण्डा समेत देखाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।