सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस चितवनको नेतृत्वका लागि मतदान सुरु, कसले मार्ला बाजी ?

कांग्रेस चितवनको नेतृत्वका लागि मतदान सुरु, कसले मार्ला बाजी ?

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २० २०७८

  • 4.2K
    SHARES

  • कांग्रेस चितवनको नेतृत्वका लागि मतदान सुरु, कसले मार्ला बाजी ?

    चितवन - नेपाली कांग्रेस चितवनको नेतृत्वका लागि नारायणी कला मन्दिरमा मतदान सुरु भएको छ । करिब १ घण्टा ढिला गरि साढे १० बजेबाट मतदान सुरु भएको छ ।

    जिल्ला निर्वाचन समितिका सदस्य श्रीराम सापकोटाका अनुसार मतदान कार्य बेलुका ५ बजेसम्म जारी रहनेछ । मतदान गर्न लागि ३ वटा लाइनहरु बनाइएको छ। सुरुमा सभापति पदका लागि मतदान गरेपछि पुनः अर्को लाइनमा बस्नुपर्नेछ ।

    त्यसपछि पदाधिकारी, सदस्य र महासमिति सदस्यका लागि मतदान गर्न ३ वटा अर्को लाइन व्यवस्थापन गरिएको छ । सभापतिमा ५ जना, उपसभापतिमा १५ जना, सचिवमा ८ जना, सहसचिव १० जनाको उम्मेदवारी परेको छ ।

    यस्तै ४२ जना सदस्यका लागि १ सय १४ जना चुनावी मैदानमा छन् । जसमध्ये प्रत्यक्ष सदस्यतर्फ २४ जनाका लागि ७० जना, समानुपातिकतर्फ १७ जनाका लागि ४४ जनाको उम्मेदवारी परेको छ ।

    निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले मतगणना आजै बेलुकाबाट सुरु हुने बताए। उनका अनुसार अनुसार सभापति पदको मतगणना पछि बल्ल अन्य पदको मतगणना हुनेछ ।

    २ हजार ९ सय ४४ जनाले मतदान गर्नेछन् । यसपाली समूह तथा गुटबाट उम्मेदवारी नपरेकाले चुनाव निकै रोचक देखिएको छ । सभापतिमा उत्तम जोशी, मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल, कैलाश कोइराला, डा. सूर्यकान्त घिमिरे मैदानमा रहेका छन्।

    सभापति बन्न ५० प्रतिशत बढी मत ल्याउनुपर्ने कांग्रेसको विधानमा छ । पहिलो चरणकै निर्वाचनबाट सभापति चयन हुने सम्भावना नभएकाले सभापति पदका लागि दोस्रो चरण चुनाव हुनेछ ।

    विजेता र उपविजेताबीच दोस्रो चरणको मतदान भएपछि बल्ल अन्य पदाधिकारी, सदस्यहरुको मतगणना गर्ने निर्वाचन समितिले जानकारी दिएको छ । सभापति पदका लागि शनिबार दोस्रो चरणको मतदान हुने बलियो सम्भावना देखिएको छ।

    संस्थापन पक्षबाट श्रेष्ठ सभापतिको एक्लो उम्मेदवार हुनुहुन्छ । संस्थापन इतरसमूहबाट जोशी, खनाल, कोइराला र घिमिरे हुनुहुन्छ ।

    संस्थापन इतर समूहले पहिलो चरणमा जित्नेलाईमात्रै आधिकारिक उम्मेदवार मानेर दोस्रो चरणमा जिताउन लागिपर्ने रणनीति बनाएको छ । तर, संस्थापन पक्षले दोस्रो चरणमा पुगेमा संस्थापन इतर समूहको असन्तुष्ट पक्षलाई समेटेर जित्ने दाउ बनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २७ २०८००९:०४:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend