शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

बालुवाटार पुगे प्रचण्ड, माधव, उपेन्द्र, यस्तो हुँदैछ गठबन्धन रणनीति

बालुवाटार पुगे प्रचण्ड, माधव, उपेन्द्र, यस्तो हुँदैछ गठबन्धन रणनीति

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १९ २०७८

  • 6.7K
    SHARES

  • बालुवाटार पुगे प्रचण्ड, माधव, उपेन्द्र, यस्तो हुँदैछ गठबन्धन रणनीति

    काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

    गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् ।

    बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी छन् । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि सत्तारुढ गठबन्धनको बैठक पहिलोपटक बसेको हो ।

    यहीबीचमा जनमोर्चा भने गठबन्धनबाट अलग भएको छ । अब गठबन्धनमा चार दल मात्र आबद्ध छन् । बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

    आजको बैठकले स्थानीय तहको निर्वाचनबारे ठोस निर्णय गर्ने भएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ ।

    त्यसैले आजको बैठकमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा छलफल हुने बालुवाटारको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend