शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस महामन्त्री गगन थापाकै लाइनमा उभिए प्रचण्ड–माधव, यसरी पास हुँदैछ एमसीसी

कांग्रेस महामन्त्री गगन थापाकै लाइनमा उभिए प्रचण्ड–माधव, यसरी पास हुँदैछ एमसीसी

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १५ २०७८

  • 7.8K
    SHARES

  • कांग्रेस महामन्त्री गगन थापाकै लाइनमा उभिए प्रचण्ड–माधव, यसरी पास हुँदैछ एमसीसी

    काठमाडौं -  अन्ततः नेपालका कथित राष्ट्रवादीहरू चिसो पानीमै नुहाउनुपर्ने अवस्थामा आइपुगेका छन् ।

    अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्न ‘व्याख्यात्मक घोषणा’ गरेर जाने सत्तारुढ गठबन्धनमा आन्तरिक सहमति भएको छ ।

    आज बस्ने प्रतिनिधिसभा बैठकले सम्भवतः एमसीसीबारे ठोस निर्णय गर्ने बुझिएको छ । त्यसका लागि दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

    माओवादी केन्द्र र एकीकृत समाजवादी छोड्नुपर्ने डरले एमसीसी पास गर्न राजी हुनु र एमाले अध्यक्ष केपी ओलीले १४ सांसद नहटेसम्म एमसीसीको पक्षमा मतदान नगर्ने अडान लिएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीचको बाटोबाट एमसीसी अनुमोदन गर्नसकिने बाटो सुझाएका थिए ।

    सोहीअनुसार अब संसद्ले ‘व्याख्यात्मक घोषणा’ गरेर संसदबाट अनुमोदन गर्ने तयारी छ । एमसीसीबारे अनुमोदन गर्ने विषयमा थप छलफल गर्न माओवादी केन्द्रको बैठक बसिरहेको छ ।

    एकीकृत समाजवादीले पनि सचिवालय बैठक बोलाएको छ । सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन मञ्जुर देखिएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो ।

    सम्भवतः दुई दलले आज एमसीसीबारे निर्णय गर्ने छन् । कांग्रेस नेता थापाले धेरैअघि संकल्प प्रस्ताव र व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदन गर्न सुझाव दिएका थिए ।

    तर, थापाले दिएको विकल्पबारे प्रचण्ड र माधव नेपालले सहमति जनाएनन् । तर, अन्तिममा आएर गगन थापाकै लाइनमा देशको राजनीति अघि बढ्ने भएको छ ।

    एमसीसीबारे प्रश्न उठेका विषयमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्याख्यात्मक घोषणाको मस्यौदा तयार भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने सहमति भएबमोजिम तयार पारिएको मस्यौदा केहीबेरमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी भइरहेको छ ।

    अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द बन्दीसमेतको संलग्नतामा यो मस्यौदा तयार पारिएको हो । यसअघि परिमार्जनबिना कुनै हालतमा पारित गर्न नहुने निर्णय लिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने पक्षमा सहमत भएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend