शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

प्रधानमन्त्री देउवाले बोलाए कांग्रेस बैठक

प्रधानमन्त्री देउवाले बोलाए कांग्रेस बैठक

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १५ २०७८

  • 7.0K
    SHARES

  • प्रधानमन्त्री देउवाले बोलाए कांग्रेस बैठक

    काठमाडौं - नेपाली कांग्रेसको बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न कांग्रेस बैठक बोलाएका हुन् ।

    बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने भएका छन् । व्याख्यात्मक घोषणा गरेर एमसीसी पास गर्न माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएपछि प्रधानमन्त्री देउवाले अब कसरी अगाडि बढ्ने भन्ने छलफल गर्न पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

    यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादी कुनै पनि हालतमा संसदबाट एमसीसी अनुमोदन नगर्ने भन्ने अडानमा रहेकाले पाँचदलीय गठबन्धन संकटमा परेको थियो ।

    कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीसँग विभिन्न चरणमा बालुवाटार र बालकोटमा छलफल गरेका थिए ।

    तर, एमालेले गठबन्धन टुट्नुपर्ने एकसूत्रीय एजेन्डा राखेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन कायमै राख्ने मनस्थितिमा पुगेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend