काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।
‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसीसहितको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिएका छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका नेताहरुबीच छलफल सुरु भएको थियो ।
सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षको साथ खोजेका हुन् । छलफलका लागि प्रधानमन्त्री देउवा ओलीकै कार्यकक्षमा पुगेका थिए।
छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगन थापा पनि छन् । त्यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि छलफलमा सहभागी थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।