शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस इतिहासमै पहिलोपटक एकढिक्का, रामचन्द्र पौडेल अघि सरे गठबन्धन टुट्न नदिन

कांग्रेस इतिहासमै पहिलोपटक एकढिक्का, रामचन्द्र पौडेल अघि सरे गठबन्धन टुट्न नदिन

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १० २०७८

  • 6.9K
    SHARES

  • कांग्रेस इतिहासमै पहिलोपटक एकढिक्का, रामचन्द्र पौडेल अघि सरे गठबन्धन टुट्न नदिन
    फाइल तस्वीर

    काठमाडौं - अमेरिकी सहयोग परियोजना एमसीसीका कारण पाँचदलीय गठबन्धनमा तिक्तता बढेको छ ।

    एमसीसी संसदमा टेबुल पनि गराउने अनि सडकमा पनि प्रदर्शन गर्ने माओवादी केन्द्र र एकीकृत समाजको दोहोरो चरित्रका कारण गठबन्धन भरे हो कि भोलि हो भनेर चारैतिर चासो र चिन्ता उत्पन्न भएको छ ।

    तर, एमसीसीले सत्तारुढ नेपाली कांग्रेस भने इतिहासमै पहिलोपटक एकढिक्का भएको छ । १४औं महाधिवेशनपछि डा.शेखर कोइराला समूहले पार्टीका केही निर्णयमा आपत्ति जनाए पनि अहिले भने उनले पूरापूर पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गरेका छन् । त्यही भएर अहिले विपक्षी दल तनावमा छन् ।

    कांग्रेसमा एउटा न एउटा इस्यु निकालेर विद्रोह गराउने विपक्षी दलको रणनीति फेल भएको छ । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कांग्रेसमा खेल्ने सपनामा तुषरापात लागेको छ ।

    यदि एमसीसी पास गर्न असहयोग गरेमा एमालेसँग सहकार्य गर्न प्रधानमन्त्री देउवा तयार भएपछि अहिले प्रचण्ड र माधवकुमार नेपालले गठबन्धन नटुट्ने बताउन थालेका छन् । यसबीचमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् ।

    पौडेलले सोमबार सत्ता साझेदार दलहरु माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी गठबन्धन भत्किन नदिन आग्रह गरेका छन् ।

    पौडेलले देशमा संकट नगहिरियोस् भन्नका लागि आफू प्रयत्नशील रहेको बताए । उनले एमसीसी परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकी सरकारले गरेको सहयोग भएको बताए ।

    एमसीसीले विद्युत र सडकमार्फत नेपालको गरिबी हटाउन मद्दत पु¥याउने उनको भनाइ छ । एमसीसी सम्झौताको विषय अब सडकबाट नभई संसदमा छलफल हुने उनले बताए ।

    राष्ट्रको ध्यान संसदतर्फ केन्द्रीत भएको उनले उल्लेख गरे । पौडेलसँगको भेटमा प्रचण्डले सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताए ।

    एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन पौडेलले गरेको आग्रहको जवाफमा प्रचण्डले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री नेपालले समेत पौडेललाई गठबन्धन नटुट्ने आश्वासन दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend