काठमाडौं- सरकारले कोभिड प्रतिकार्यका लागि २ अर्बभन्दा बढी ऋण स्वीकार गर्ने निर्णय भएको छ।
फागुन ५ गते बसेको बैठकले विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन्।
यस अघि पनि सरकारले विश्व बैंकलगायतबाट कोभिड प्रतिकार्यका लागि ऋण लिँदै आएको थियो। यस्तै राष्ट्रिय बिमा संस्थानको सञ्चालक समिति अध्यक्षमा गंगाराम कँडेललाई नियुक्त गर्ने निर्णय भएको समेत मन्त्री कार्कीले जानकारी दिएका छन्।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।