काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच चाक्सीबारीमा भेट भएको छ ।
प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार बिहानै चाक्सीबारी पुगेका हुन् । दुवै नेताबीच समसामयिक विषयमा पनि कुराकानी भएको थियो ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने नगर्ने भन्ने विषयमा देशको राजनीति तातिरहेका बेला चाक्सीबारीमा बिहानैदेखि कांग्रेस नेता कार्यकर्ताको भिड लागेको छ ।
आजै प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी छ । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी यसको विरोधमा उभिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।