काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सदनमा पास वा फेल जे पनि हुन सक्ने बताएका छन् ।
बिहीबार बिहान बालुवाटारमा पार्टी नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा देउवाले यस्तो सन्देश दिएका हुन् ।
गठबन्धनभित्र खटपट भएका बेला प्रधानमन्त्रीको यो अभिव्यक्तिले एमसीसीले गठबन्धनको विषय निकै पेचिलो बनेको र यो जुनसुकै बेला टुट्न सक्ने अवस्था देखिएको छ ।
सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चामा एमसीसीको विषयलाई लिएर कांग्रेस एक्लिँदै गएको देउवाले महसुस गरेका छन् ।
एमसीसी सदनमा टेबुल गर्ने कांग्रेसले एकल निर्णय पनि गरिसकेको छ । माओवादीले आजको बैठकमा कुरा नमिले सरकारबाट बाहिरने तयारी गरेको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कारण पाँचदलीय सत्ता गठबन्धनको भविष्यबारे बिहीबार टुंगो लाग्ने भएको छ ।
एमसीसीको विषयमा छलफल गर्न आज अपराह्न ५ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक मन्त्रिपरिषद् बैठकका कारण दुई घन्टा ढिलो बस्ने भएको हो ।
आज बस्ने गठबन्धनको बैठकलाई निर्णायक भनिएको छ । सत्ता साझेदार दलहरू सहयात्राको बिट मार्छन् या लम्ब्याउँछन् भन्ने चासोको बिषय बनेको छ ।
यसअघि बुधबार माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सदनमा टेबुल गरे सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । त्यसपछि सरकारले पुनर्विचारका् लागि आज गठबन्धनको बैठकमा छलफल गर्न लागेको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनर्विचार गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए ।
माओवादी संसदीय दलको बैठकबाट यथास्थितिमा एमसीसी टेबुल भए सरकारबाट बाहिरिने चेतावनी दिएर प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।