बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

देउवाले प्रचण्ड र माधवसँग फाइनल कुरा गर्ने

देउवाले प्रचण्ड र माधवसँग फाइनल कुरा गर्ने

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ४ २०७८

  • 5.0K
    SHARES

  • देउवाले प्रचण्ड र माधवसँग फाइनल कुरा गर्ने

    काठमाडौं - प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि बैठक बोलाएका हु्न् ।

    यसअघि पटकपटक सूचना निकालेर सापकोटाले संसद् बैठक स्थगित गर्दै आएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबुल गर्ने आशंकामा सभामुख सापकोटाले संसद् बैठक पर सार्दै आएका थिए ।

    तर, पछिल्लो केही दिनदेखि पाँचदलीय गठबन्धनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको विषयले किचलो केही हदसम्म टरेको छ ।

    त्यसैले आजको संसद् बैठकमा एमसिसी टेबुल हुन सक्ने सम्भावना धेरै देखिएको छ । सभामुख सापकोटाले आज बिहानका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    सो बैठकअघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री देउवाले छलफल गर्ने भएका छन् ।

    संसदमा एमसीसी अनुमोदन गर्नुपर्ने डेटलाइन नजिकिँदै गएकाले देउवा दबाबमा परेका छन् । सोही कारण आज बालुवाटारमा देउवाले प्रचण्ड र नेपालसँग एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा फाइनल वार्ता गर्ने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend