शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस संसदीय दलको बैठक बस्दै, महाअभियोगबारे के होला ?

कांग्रेस संसदीय दलको बैठक बस्दै, महाअभियोगबारे के होला ?

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ३ २०७८

  • 3.7K
    SHARES

  • कांग्रेस संसदीय दलको बैठक बस्दै, महाअभियोगबारे के होला ?

    काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव र अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्दै छ।

    कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

    पार्टीमा कुनै छलफल नै नगरी प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएकाले आजको दलको बैठकमा यसबारे सांसदहरुले आ–आफ्नो धारणा राख्ने भएका छन् ।

    साथै स्थानीय तहको निर्वाचनका विषयमा समेत छलफल हुने उनले बताइन्। चुनावमा केन्द्रित हुनुपर्ने बेला प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको भन्दै कांग्रेस सांसदहरु नै विभाजित छन् ।

    आजको बैठकमा दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे प्रस्ट पार्ने एक नेताले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend