आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पदका आशक्ति कमल थापा, अर्काको पार्टीमा प्रवेश गरेर भए पनि पड्काए अध्यक्ष

पदका आशक्ति कमल थापा, अर्काको पार्टीमा प्रवेश गरेर भए पनि पड्काए अध्यक्ष

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २ २०७८

  • 12.6K
    SHARES

  • पदका आशक्ति कमल थापा, अर्काको पार्टीमा प्रवेश गरेर भए पनि पड्काए अध्यक्ष

    काठमाडौं - नेपालका नेता कुर्सी र पदविना एक मिनेट पनि बस्न सक्दैनन् भन्ने गतिलो उदाहरण कमल थापाले देखाएका छन् ।

    राप्रपाको अध्यक्षमा पराजित भएको साढे दुई महिनापछि नै अनेक घुर्की, धम्की, रोइकराई गरेर अन्तिममा पार्टी नै छाडेर थापा अर्कै पार्टीको अध्यक्षको कुर्सी हात पार्न सफल भएका छन् ।

    अरुलाई देखाउनकै लागि भए पनि पार्टीको अध्यक्ष बन्नुपर्ने सोचका कारण राप्रपा नेपाल भन्ने निर्वाचन आयोगमा दर्ता भएको पार्टी लाक्पा तामाङबाट उनले हात पारेका छन् ।

    आगामी फागुन ७ गते थापाले सो पार्टीको औपचारिक केन्द्रीय कार्यसमितिको घोषणा गर्दैछन् । जसमा राप्रपाबाट केही पदाधिकारीलाई राजीनामा दिन लगाएर ल्याउने उनको तयारी छ ।

    त्यसका लागि बुद्धिमान तामाङ, कुन्ती शाहीलगायत तयार भइसकेको बुझिएको छ । हुन त थापा राप्रपा नेपालको अध्यक्ष पहिले पनि भइसकेका हुन् । त्यो पार्टी उनले पशुपतिशमशेर जबराको राप्रपासँग विलय गराएका थिए ।

    अहिले त्यही पार्टीको अध्यक्ष बनें भनेर उनले फेसबुकमा फोटो छ्याप्छ्याप्ती हाल्न थालेका छन् । कतिसम्म भने उनले केही समय बाहिर गए पनि आफ्नै मूलघर फर्केको भनेर उनले स्टाटससमेत लेखे ।

    थापाको त्यो स्टाटसलाई धेरैले ‘मुतको न्यानो’ भनेर टिप्पणीसमेत गरेका छन् । किनकि उनका पहिलेका नेता कार्यकर्ता सबै राप्रपामा प्रवेश गरिसकेका छन् । संगठन उतै छ ।

    उनी राप्रपा नेपालमा एक्लै प्रवेश गरेका मात्र हुन् । कोही पदाधिकारी पनि साथ गएका छैनन् । त्यसैले आगामी निर्वाचनमा कमल थापाले नराम्रो मूल्य चुकाउनुपर्ने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०७:५६:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend