आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गीता छाेएर पार्टी नफुटाउने कसम खाएका कमल थापाले फुटाए राप्रपा

गीता छाेएर पार्टी नफुटाउने कसम खाएका कमल थापाले फुटाए राप्रपा

  • मिडिया डबली
  • मंगलवार, माघ २५ २०७८

  • 8.0K
    SHARES

  • गीता छाेएर पार्टी नफुटाउने कसम खाएका कमल थापाले फुटाए राप्रपा

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीमा आफ्नो मागको सुनुवाइ नभएपछि पार्टी परित्याग गर्नुपरेको बताएका छन् ।

    राप्रपा अध्यक्षको उम्मेदवार घोषणा गर्दा पार्टी गीता छोएर नफुटाउने बताएका थापाले दुई महिनाभित्रै आफ्नो बाचा तोडेका छन् । गृह नगर हेटौडा पुगेर थापाले विज्ञप्ति जारी गरी आफनो मागको सम्वोधन नहुने भएपछि पार्टी परित्यागको अप्रिय निर्णय लिनु परेको जनाएका हुन् ।

    उनले राप्रपाका कुनै नेतासँग वैरभाव नभएको उल्लेख गरेका छन् । ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीवाट अलग हुने निर्णय गरेको छु,’ थापाले उल्लेख गरेका छन्, ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक बिचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरा बाँकी क्रियाशिल राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमै रमाउने उत्कृष्ट चाहाना भएतापनि आफनो कुराको सुनुवाई नुहने भए पछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

    सोमवार काठमाडौंमा आफू निकट राप्रपाका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको अलग भेला गरेका अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा भने गृहजिल्ला मकवानपुर पुगेर गरेका हुन ।

    ‘राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुवाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सदैव आभारी रहने छु’ थापाले पुर्व उपप्रधानमन्त्रीको हैसियतमा लेखेको पत्रमा भनिएको छ, ‘पार्टीमा रहँदा बिताएका क्षणहरुप्रति म सदैव गौरब गरिरहनेछु, राप्रपाको कुनै साथीहरुसँग मेरो बैरभाव छैन, सबैको भलो होस भन्ने कामना गर्दछ ।’

    थापा गत मंसिर १५–१८ मा भएको महाधिवेसनमा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पराजित भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पराजित गराएको गुनासो थापाले गर्दै आएका थिए ।

    kamal-thapa.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०७:५६:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend