बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

रक्षा र उद्योग मन्त्रालय खाली राखेर देउवा स्थानीय चुनावमा जालान् ?

रक्षा र उद्योग मन्त्रालय खाली राखेर देउवा स्थानीय चुनावमा जालान् ?

  • मिडिया डबली
  • बिहिवार, माघ २० २०७८

  • 4.2K
    SHARES

  • रक्षा र उद्योग मन्त्रालय खाली राखेर देउवा स्थानीय चुनावमा जालान् ?

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला एमसिसी संसदबाट कसरी अनुमोदन गर्ने भन्ने चिन्तामा छन् । त्यसका लागि उनले निकै सक्रियता देखाएका छन् ।

    सत्तारुढ दल र प्रमुख प्रतिपक्ष एमालेसँग पनि देउवाले छलफल अघि बढाएका छन् । त्यसमाथि प्रधानमन्त्री देउवालाई स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने चटारो पनि छ ।

    सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मितिबारे एउटा निष्कर्ष निकाल्नेछ । प्रधानमन्त्रीले नै आगामी मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति टुंगो लगाउने निर्वाचन आयोगका पदाधिकारीलाई जानकारी गराइसकेका छन् । तर प्रधानमन्त्री देउवासामु अर्को चुनौती भनेको रक्षा र उद्योगमन्त्री कसलाई बनाउने भन्ने पनि छ ।

    उद्योग मन्त्रालय नेतृत्वविहीन बनेको चार महिना बढी भइसक्यो । रक्षा मन्त्रालय पनि विगत दुई महिना बढीदेखि खाली नै छ । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित हुने देखेपछि डा.मिनेन्द्र रिजालले राजीनामा दिएका थिए ।

    त्यसयता प्रधानमन्त्री देउवाले नै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । २५ सदस्यीय मन्त्रिपरिषदमा रक्षा र उद्योग मन्त्रालय कांग्रेसको भागमा परेको थियो । तर रक्षामा मन्त्री नियुक्त भए पनि उद्योग भने खाली नै छ ।

    सत्तारुढ गठबन्धनमा पनि मन्त्रालय खाली भएका बारे खासै छलफल भएको छैन । सबैभन्दा चिन्ता प्रधानमन्त्रीले लिनुपर्ने हो । तर, आफ्नै गुटका नेतालाई नचिढ्याउने नीतिका कारण देउवाले दुवै मन्त्रालयमा कसैलाई पनि मन्त्री नियुक्त गरेका छैनन् । जबकि वर्तमान मन्त्रिपरिषदमा उमेश श्रेष्ठ राज्यमन्त्री छन् ।

    उनलाई प्रधानमन्त्री कार्यालयमा जगेडा राखिएको छ । एकीकृत समाजवादीलाई स्वास्थ्य मन्त्रालय दिएकाले उनी मन्त्रालयविहीन बनेका हुन् । कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा जितेमा श्रेष्ठलाई फुल मन्त्री बनाउने देउवाले प्रतिबद्धता जनाएका थिए । तर, अहिलेसम्म पनि चासो देखाएका छैनन् ।

    अहिले कांग्रेसमा प्रधानमन्त्री देउवा रक्षा र उद्योग मन्त्रालय खाली नै राखेर चुनावमा जालान् त भन्ने चासो पनि बढी देखिएको छ । यदि कम्युनिस्ट पार्टीको सरकार हुन्थ्यो भने धेरै अघि मन्त्री नियुक्त भइसक्थे । तर कांग्रेसले भने जहिले पनि खेलाँची गर्दै आएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend