शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

प्रधानमन्त्रीको निजी सचिवालयले पूर्णता पाउँदै, को को छन् चर्चामा ?

प्रधानमन्त्रीको निजी सचिवालयले पूर्णता पाउँदै, को को छन् चर्चामा ?

  • मिडिया डबली
  • बुधवार, माघ १९ २०७८

  • 6.9K
    SHARES

  • प्रधानमन्त्रीको निजी सचिवालयले पूर्णता पाउँदै, को को छन् चर्चामा ?

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि निजी सचिवालयलाई पूर्णता दिने गरी गृहकार्य सुरु गरेका छन् ।

    अहिलेसम्म औपचारिक रूपमा प्रधानमन्त्रीको निजी सचिवालय गठन भइसकेको छैन । देउवाले एक महिनामा एकजनालाई नियुक्त गर्ने गरेका छन् ।

    निजी सचिवालयले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवाका हरेक गतिविधिबारे मिडिया र नागरिक जानकारविहीन बन्न पुगेका छन् ।

    प्रधानमन्त्री देउवाले अहिलेसम्म स्वकीय सचिवमा भानु देउवा, कानुनतर्फ केशवराज जोशी, जनसम्पर्कतर्फ जनार्दन नेपाललाई मात्र औपचारिक रूपमा नियुक्त गरेका थिए ।

    सोमबार प्रधानमन्त्री देउवाको सूचना, प्रविधि एवं सञ्चार विज्ञमा इन्जिनियर दिपेश विष्ट नियुक्त भएका छन् । यस्तै, प्रधानमन्त्री देउवाको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेल नियुक्त भएका छन् ।

    देउवाले मंगलबार नुवाकोटका गजुरेललाई ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त गरेका हुन्। अझै प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार नियुक्त हुन बाँकी छ ।

    प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको मिति तोकेपनि निर्वाचन आचारसंहिता लाग्ने भएकाले त्यसअघि नै निजी सचिवालयलाई पूर्णता दिन लागेको बुझिएको छ ।

    प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने मोटामोटी सहमति भइसकेकाले अब बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने भएको छ । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा.प्रकाशशरण महत र रमेश लेखकको चर्चा छ ।

    तर, कांग्रेस उच्च स्रोतले लेखकलाई पार्टी प्रवक्ता बनाउने तयारी भएकाले डा.महत नै प्रमुख राजनीतिक सल्लाहकार नियुक्त हुने छन् । परराष्ट्र सल्लाहकारमा डा.दिनेश भट्टराई नै पुनः दोहोरिने भएका छन् ।

    उनी यसअघि सुशील कोइराला र देउवाको परराष्ट्र सल्लाहकार भइसकेका छन् । पत्रकार गेजा शर्मा वाग्लेले पनि परराष्ट्र सल्लाहकार बन्ने इच्छा व्यक्त गरेका छन् । सबैभन्दा बढी चासो भने प्रधानमन्त्रीको प्रेस सल्लाहकार को बन्छ भन्ने देखिएको छ ।

    अहिले प्रधानमन्त्रीको प्रेसको काम पत्रकार गोविन्द परियारले गर्दै आएका छन् । अघिल्लोपटक परियार देउवाको सञ्चार विज्ञ नियुक्त भएका थिए । यसपटक उनले प्रेस सल्लाहकार बन्ने इच्छा राखेका छन् ।

    प्रेस सल्लाहकारमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको पनि चर्चा छ । यसपटक देउवा सिग्देललाई कुनै न कुनै भूमिका दिने मनस्थितिमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend