काठमाडौं -महाधिवेशन गराउन खोज्दा पार्टीले नदिएको, जनजातिको बिदा कटौती तथा महाधिवेशन प्रतिनिधि छनोट गर्दा संस्थालाई विभेद गरिएको बताउँदै आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन् ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन्। गुरुङले माघ ११ गते राजीनामा दिएका थिए।
उनले कांग्रेस क्रियाशील सदस्यताबाट पनि राजीनामा दिएका छन्। संघको पुरानो विधान संशोधन गरेर संघीय संरचनाअनुसार संस्थालाई परिवर्तन गर्न ०७४ फागुन २७ मा बुझाए पनि पार्टीबाट अहिलेसम्म पनि स्वीकृत नभएकाले महाधिवेशन गर्नसमेत नपाइएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
नेपाली कांग्रेसका भ्रातृसंगठन नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल किसान संघलगायत थुप्रैको महाधिवेशन हुन सकेको छैन । किसान संघ त १५ वर्षदेखि तदर्थ समितिबाट चलिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।