शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड र माधवको हठले असोजमा धकेलिने भो स्थानीय तहको निर्वाचन

प्रचण्ड र माधवको हठले असोजमा धकेलिने भो स्थानीय तहको निर्वाचन

  • मिडिया डबली
  • सोमवार, माघ १० २०७८

  • 5.6K
    SHARES

  • प्रचण्ड र माधवको हठले असोजमा धकेलिने भो स्थानीय तहको निर्वाचन

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै हठका कारण स्थानीय तहको निर्वाचन असोजमा धकेलिने भएको छ ।

    सत्तारुढ गठबन्धनका नेताहरूबीच असोजमा स्थानीय तहको निर्वाचन गर्ने मोटामोटी सहमति भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वैशाखमै निर्वाचन गराउन चाहन्थे ।

    कांग्रेसमा पनि वैशाखमै चुनाव हुनुपर्ने अधिकांश नेताहरूको मत छ । तर, प्रचण्ड र माधव भने गठबन्धनलाई अगाडि बढाउँदै असोजमा स्थानीय तह र फागुनमा संसदीय निर्वाचन गराउन चाहन्छन् ।

    असोजमा स्थानीय तहको निर्वाचन गराएपछि लगत्तै फागुनमा हुने संसदीय निर्वाचनसम्म गठबन्धन कायमै रहने विश्लेषण गरी प्रचण्ड र माधवले प्रधानमन्त्री देउवासमक्ष यस्तो प्रस्ताव गरेका हुन् । आइतबार प्रचण्ड र माधवबीच लामो छलफल भएको थियो ।

    एमाले अध्यक्ष केपी ओलीलाई साइजमा ल्याउन पनि गठबन्धन भत्किन दिन नहुने निर्णयमा दुवै दलका अध्यक्ष पुगेका छन् । तर, कांग्रेसमा भने गठबन्धन गरेर निर्वाचनमा जान नहुनेको बहुमत छ ।

    खासगरी युवा नेताहरूले कांग्रेस एक्लै निवाचनमा जानुपर्ने मत राखिरहेका छन् । कांग्रेसका युवा नेताहरूको लोलीमा एमालेका नेताहरूले पनि बोली मिलाउन थालेका छन् । उनीहरू त्यही भएर अहिलेको गठबन्धन बनिरहोस् भन्ने चाहँदैनन् ।

    यतिबेला एमालेका नेताहरूले प्रधानमन्त्री देउवालाई गठबन्धन भत्काउन विभिन्न प्रलोभन र दबाब दिन थालेका छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी ओली पनि देउवाप्रति आक्रामक भएर प्रस्तुत हुन थालेका छन् । प्रचण्ड र माधवको माखेसाङ्लोमा देउवा परेको भन्दै उनले आक्रोश व्यक्त गर्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend