आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था शब्द हटाउन भनेपछि कमल थापा दंग

निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था शब्द हटाउन भनेपछि कमल थापा दंग

  • मिडिया डबली
  • सोमवार, माघ १० २०७८

  • 5.5K
    SHARES

  • निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था शब्द हटाउन भनेपछि कमल थापा दंग

    काठमाडौं - अहिले पूर्वपञ्चहरूको पार्टी राप्रपा र संवैधानिक निकाय निर्वाचन आयोगबीच टसल सुरु भएको छ । नेपालको संविधानलाई आधार मान्दै आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र, राजसंस्था र गाई हटाउन निर्देशन दिएपछि राप्रपा आक्रोशित भएको छ ।

    राप्रपा पूर्वअध्यक्ष कमल थापाले नै आयोगको सो परिपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । आयोगले माघ २ गते नै राप्रपालाई पत्र पठाएको थियो । तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गरेका थिएनन् ।

    राप्रपाका कमल थापा निकट एक पदाधिकारीले सो पत्र गोप्य रूपमा उनलाई पठाइदिएका थिए । त्यसपछि थापाले सामाजिक सञ्जालमा राखेर पार्टी नेतृत्व खुइल्याउने प्रयास गरेका थिए ।

    आइतबार बसेको राप्रपा पदाधिकारी बैठकमा आयोगको पत्र सुटुक्क कमल थापालाई कसले पठायो भन्नेबारे व्यापक गलफत्ती भएको थियो । राप्रपामा सो पत्र अध्यक्षको अनुमतिविना थापालाई पठाउनेमाथि कारबाही गर्न माग उठेको छ ।

    राप्रपाको पदाधिकारी बैठकमा अध्यक्ष लिङ्देनले आयोगको निर्देशन नमान्ने बरु कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका थिए । उनको यो अभिव्यक्ति सार्वजनिक भएपछि निर्वाचन आयोगले थप प्रक्रिया अघि बढाउने चेतावनी दिइसकेको छ ।

    अब केही समय राप्रपा र आयोगबीच ठूलो लफडा चल्ने देखिएको छ । निर्वाचन आयोगले जबर्जस्ती राप्रपालाई गणतन्त्र स्वीकार भनेर आदेश दिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

    जबकि राप्रपा स्थापनाकालदेखि नै संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको नारा लिएर अघि बढिरहेको छ । र, त्यसैअनुसार जनताबाट मत पनि पाइरहेको छ । आयोग र राप्रपाबीच टसल परेपछि कमल थापा भने खुसी देखिएका छन् ।

    उनी आफूलाई अध्यक्षमा हराउन भूमिका खेलेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोक्ने राप्रपाको नीति हटाउनुपर्ने पक्षमा छन् । त्यही भएर उनले आयोगको पत्र सार्वजनिक गरेको खुलेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०७:५६:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend