शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

दुई नेतालाई मन्त्री बनाउँदै देउवा, यिनको खुल्ने भो भाग्य

दुई नेतालाई मन्त्री बनाउँदै देउवा, यिनको खुल्ने भो भाग्य

  • मिडिया डबली
  • मंगलवार, माघ ४ २०७८

  • 14.0K
    SHARES

  • दुई नेतालाई मन्त्री बनाउँदै देउवा, यिनको खुल्ने भो भाग्य

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनापछि निजी सचिवालय गठन गर्ने तयारी गरेका छन् । एक दुई दिनभित्रै देशवासीको नाममा सम्बोधन गर्ने तयारीमा रहेका देउवाले लगत्तै दुई मन्त्री बनाउने र निजी सचिवालय गठन गर्ने भएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत एक सदस्यले एक दुई दिनभित्रै राष्ट्रका नाममा सम्बोधन गर्ने र सचिवालयलाई पूर्णता दिन लागेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री देउवाले खाली रहेका रक्षा र उद्योग मन्त्रालयमा दुई मन्त्री ल्याउने भएका छन् ।

    त्यसका लागि उनले पार्टीमा आन्तरिक छलफल अघि बढाएका छन् । रक्षामन्त्रीबाट डा.मिनेन्द्र रिजालले राजीनामा दिएपछि मन्त्रालय खाली छ । सो पदमा कसलाई ल्याउने भन्ने छलफल चलिरहेको छ ।

    स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्री बनाउने र गृहमन्त्रीमा प्रकाशमान सिंहलाई ल्याउने चर्चा सुरु भएको छ । कांग्रेसको १४औं महाधिवेशनमा नेता सिंहले देउवालाई समर्थन गरेका थिए ।

    त्यसबेला नै राजनीतिक भागबन्डाको सहमति भएको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेसमा आन्तरिक सन्तुलन मिलाइराख्न पनि सिंहलाई मन्त्री बनाउन लागेको बुझिएको छ । यस्तै, प्रधानमन्त्री देउवाले खाली रहेको उद्योग मन्त्रालयमा उमेश श्रेष्ठलाई मन्त्री बनाउने चर्चा छ ।

    अहिले श्रेष्ठ राज्यमन्त्री छन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी राखिएको छ । कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भए श्रेष्ठलाई मन्त्री बनाउने देउवाले आश्वासन दिएको र त्यही कारण उद्योग मन्त्रीमा श्रेष्ठ आउने बालुवाटार स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend