शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
आजको विशेष

काठमाडौंमा सोमबारदेखि १७ ठाउँबाट बुस्टर डोज लगाउन पाइने, कहाँ - कहाँ छ उपलब्ध ?

काठमाडौंमा सोमबारदेखि १७ ठाउँबाट बुस्टर डोज लगाउन पाइने, कहाँ - कहाँ छ उपलब्ध ?

  • मिडिया डबली
  • सोमवार, माघ ३ २०७८

  • 4.8K
    SHARES

  • काठमाडौंमा सोमबारदेखि १७ ठाउँबाट बुस्टर डोज लगाउन पाइने, कहाँ - कहाँ छ उपलब्ध  ?

    काठमाडौं - कोरोना भाइरस विरुद्धको खोपको बुस्टर डोज काठमाडौंमा जिल्लाका १७ केन्द्रमा सोमबारदेखि लगाउन सकिने भएको छ ।

    पुस ३० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ वटै जिल्लाहरुलाई बुस्टर अग्रपङ्तिमा रहेकाहरुलाई माघ २ गते आइतबारदेखि बुस्टर डोज लगाउन व्यवस्था गर्न अनुरोध गरेको थियो ।

    जिल्लागत रुपमा निर्णय हुने भएपछि सबै जिल्लाले २ गतेदेखि नै भने बुस्टर डोज लगाउने अभियान शुरु गर्न सकेनन् । काठमाडौं जिल्लालेसमेत सोमबार माघ ३ गतेदेखि मात्रै बुस्टर डोज लगाउने भएको छ ।

    अहिले खोप सञ्चालन भइरहेका जिल्लाभित्रका १७ वटै खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए ।

    आइतबार बसेको जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि पहिलो र दोस्रो मात्रा लागिरहेकै खोप केन्द्रबाट तेस्रो मात्रा लगाउन मिल्ने गरी निर्णय गरेको कार्यालय प्रमुख काफ्लेले बताए ।

    बुस्टर डोज लगाउन अग्रपङ्तिमा रहेका व्यक्तिहरुले आफ्नो परिचय पत्र र पूर्ण खोप लगाएको खोप कार्ड लिएर जानु पर्नेछ । बुस्टर डोज लगाउन पूर्ण खोप लगाएको कम्तिमा ६ महिना पूरा भइसकेको हुनुपर्ने नियम रहेको छ ।

    यी हुन खोप केन्द्र–

    १ आर्मी अस्पताल

    २ प्रहरी अस्पताल

    ३ सशस्त्र प्रहरी अस्पताल

    ४ शिक्षण अस्पताल, महाराजगञ्ज

    ५ वीर अस्पताल

    ६ प्रसुती गृह थापाथली

    ७ टेकु अस्पताल टेकु

    ८ सुभेक्छ्या अस्पताल सीतापाइला

    ९ जनमैत्री अस्पताल बालाजु

    १० पिपुल्स डेन्टल कलेज सामाखुशी

    ११ नर्भिक अस्पताल थापाथली

    १२ नोबेल अस्पताल सिनामंगल

    १३ वयोधा अस्पताल सानेपा

    १४ शहीद मेमोरियल कलंकी

    १५ नयाँ बसपार्कमा

    १६ एपेक्स पोली क्लिनिक जडिबुटी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend