काठमाडौं - कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै सरकारले सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिएका हुन् ।
आइ्रतबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले कोभिड रोकथाम र नियन्त्रण गर्न केही समयका लागि यसमा रोक लगाइएको जानकारी दिएका छन् ।
धार्मिकस्थलमा भने जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गर्न पाउने, सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी सञ्चालन गर्नुपर्ने, पार्टी प्यालेसमा कुल क्षमता एक तिहाइ मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी सञ्चालन गर्न दिने निर्णय भएको उनले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले नेपाल–भारतबीचको सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
‘दुई देशको बीचमा रहेको ऐतिहासिक सम्बन्धलाई मनन गरेर कूटनीतिक पहल अगाडि बढाउन सरकार तयार छ,’ उनले भने, ‘कूटनीति माध्यमबाट नै सबै काम अघि बढाउनुपर्छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।