शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड र माधव आइसोलेसनमा बसेपछि सकसमा प्रधानमन्त्री देउवा

प्रचण्ड र माधव आइसोलेसनमा बसेपछि सकसमा प्रधानमन्त्री देउवा

  • मिडिया डबली
  • आइतवार, माघ २ २०७८

  • 5.9K
    SHARES

  • प्रचण्ड र माधव आइसोलेसनमा बसेपछि सकसमा प्रधानमन्त्री देउवा

    काठमाडौं - कोरोनाको तेस्रो लहर नेपालमा पनि सुरु भइसकेको चिकित्सकहरूले बताएका छन् । पछिल्लो दुई सातायता आठ गुणाले कोभिड संक्रमित थपिन लागेपछि तेस्रो लहर सुरु भइसकेको देखिएको हो ।

    यसपटक राजनीतिक दलका शीर्ष नेतामा कोरोना संक्रमण देखिएको छ । जसको असर सिधै सरकार सञ्चालन र सरकारी सेवा प्रवाहसम्ममा परेको छ । माओवादी केन्द्रको महाधिवेशन सकिएलगत्तै नेताहरू धमाधम कोरोना संक्रमित हुन थालेका हुन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री नेता देवेन्द्र पौडेलसहित दर्जनौँ माओवादी केन्द्रका शीर्ष नेताहरू संक्रमित भएका छन् ।

    माओवादी केन्द्रीय कार्यालयमा अधिकांशलाई कोरोना संक्रमण भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महिला तथा बालबालिकामन्त्री उमा रेग्मी, कांग्रेस नेताहरू महालक्ष्मी उपाध्याय डिना, इन्द्र बानियाँ संक्रमित भएका छन् ।

    एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित नेताहरू संक्रमित भएका छन् । एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, रामकुमार भट्टराई, कल्याणी खड्कासहितका शीर्ष नेतालाई कोरोना संक्रमण भएको छ ।

    कोरोना संक्रमित नेताहरू आइसोलेसनमा छन् । तर, संक्रमित पुष्टि हुनुअघि भेट भएका र एउटै बैठकमा बसेका केही नेताहरूलाई भने कोरोना संक्रमण भएन ।

    प्रचण्ड, माधव नेपाल सहभागी सर्वदलीय बैठकमा उपस्थित प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा उपाध्यक्ष उपेन्द्र यादव, राजमो नेतृ दुर्गा पौडेलसहितका नेता जोगिएका छन् । दलका शीर्ष नेता कोभिड भएर आइसोलेसनमा बसेपछि राजनीतिक गतिविधि प्रायः ठप्प छ ।

    कुनै पनि पार्टीका गतिविधि देखिन छाडेका छन् । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएपछि सबै क्षेत्र प्रभावित हुन पुगेको हो । तर, राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गएको तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने अवस्था आउँदा पनि सत्तारुढ दलका शीर्ष नेता आइसोलेसनमै बसेपछि प्रधानमन्त्री देउवा निराश बनेका छन् ।

    एमसिसी पास गर्ने कि नगर्ने भन्ने अर्को भाउतो बाँकी नै छ । संघीय संसद बैठकसमेत प्रभावित बनेका छन् । सरकार सञ्चालन निष्प्रभावी बन्न थालेपछि देउवा सकसमा परेका हुन् । यसैलाई नारा बनाएर प्रमुख प्रतिपक्षी दल एमाले चुनावमा जाने डर सत्तारुढ दलका नेतामा देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend