काठमाडौं - नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ।
परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा सहायत सामग्री लिएर नेपाली टोली हिमालयन एयरलाइन्सको विमानबाट अफगानिस्तान गएको हो।
आइतबार बिहान परराष्ट्रमन्त्री नारायण खड्काले सहयोग बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान लागेको नेपाली टोलीलाई बिदाइ गरेका छन्।
नेपालले औषधि, लत्ताकपडा र भाँडाकुँडालगायतका झन्डै १२ टन मानवीय सहायता सामग्री पठाएको हो। नेपाली टोली काबुल प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरेर मन्त्री खड्काले मानवीय सहायता पठाइएको बताए।
नेपाली टोलीले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण गर्नेछ। नेपाली टोली सहयोग सामग्री हस्तान्तरण गरेर आजै स्वदेश फर्किनेछ।
अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको भन्दै संयुक्त राष्ट्र संघले सहयोग गर्न विश्व समुदायमा आग्रह गरेको छ। नेपालले पहिलोपटक चार्टर्ड फ्लाइटमार्फत विदेशमा सहयोग पठाएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि यस्तो सम्भव भएको हो । कांग्रेस नेतृत्वको सरकारको यो कार्यलाई चौतर्फी प्रशंसा गर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।