काठमाडौं - सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघ १४ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको बुस्टर डोज खोप लगाउने भएको छ ।
शुक्रबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले एक विज्ञप्ति जारी गर्दै प्रदेश र जिल्लामा खोप व्यवस्थापन गरिरहेका निकायलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेको हो ।
पूर्ण खोप लगाएको ६ महिना पूरा भइसकेको अवस्थामा पहिला लगाएकै खोपको बुस्टर मात्रा लगाउन महाशाखाले अनुरोध गरेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले खोपखो थप मात्रा लगाउने निर्णय गरेर अर्को दिन स्थगित गरेको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।