आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

वामदेवका स्वकीय सचिव विष्ट बने एमाले प्युठानको अध्यक्ष, सूर्य थापालाई धक्का

वामदेवका स्वकीय सचिव विष्ट बने एमाले प्युठानको अध्यक्ष, सूर्य थापालाई धक्का

  • मिडिया डबली
  • सोमवार, पौष २६ २०७८

  • 15.9K
    SHARES

  • वामदेवका स्वकीय सचिव विष्ट बने एमाले प्युठानको अध्यक्ष, सूर्य थापालाई धक्का

    काठमाडौं - एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन् ।

    अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए । पदाधिकारीमध्ये उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन् । अध्यक्षमा विजयी विष्ट वामदेव गौतम निकट हुन् ।

    उनी गौतमका स्वकीय सचिवालयमा कार्यरत थिए । विष्टलाई हराउन भनी एमाले अध्यक्ष केपी ओलीका पूर्वप्रेस सल्लाहकार सूर्य थापा प्युठान पुगेका थिए । उनी २०७४ सालको निर्वाचनमा समेत भोट हाल्न गएका थिएनन् ।

    तर, यसपटक भने विष्टलाई अध्यक्ष बन्न नदिन नेहरसिंह केसीलाई अध्यक्षमा उठाएका थिए । तर, थापाका उम्मेदवार केसी विष्टभन्दा दोब्बर मतले पराजित भएका छन् ।

    प्युठान वामदेव र सूर्य थापाको गृहजिल्ला हो । एमालेमा नरहे पनि अझैसम्म वामदेवको प्युठानमा पकड नै रहेको यसले देखाउँछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०२:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend