आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रियसभामा जाने बामदेवको सपना तुहियो, ओलीले गरिदिए ‘च्याप्टर क्लोज्ड’

राष्ट्रियसभामा जाने बामदेवको सपना तुहियो, ओलीले गरिदिए ‘च्याप्टर क्लोज्ड’

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 11.7K
    SHARES

  • राष्ट्रियसभामा जाने बामदेवको सपना तुहियो, ओलीले गरिदिए ‘च्याप्टर क्लोज्ड’

     काठमाडौं– नेकपाका उपाध्यक्ष बामेदव गौतमको राष्ट्रियसभामा गएर मन्त्री बन्ने सपना तुहिइएको छ। पार्टीभित्रको विवाद समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका गौतमको राष्ट्रिय सभामा जाने सम्भावना नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

    नेकपाको विवाद उत्कर्षमा पुगेका बेला उनी प्रचण्ड–नेपाल समूहबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली क्याम्पमा प्रवेश गरेका थिए। ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने राजनीतिक वृत्तमा अड्कलबाजी र चर्चा भएको थियो ।

    तर, दुई दिन अघि प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तर्वार्ता दिनेक्रममा प्रधानमन्त्री ओलीले यसअघि नै गौतमलाई राष्ट्रिय सभामा लैजाने ‘च्याप्टर क्लोज्ड’ भइसकेको बताएका हुन् ।

    सरकारको सिफारिसमा राष्ट्रिय सभामा मनोनित गर्ने एक सीट बाँकी रहेको छ । युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएपछि रिक्त रहेको सो पदमा गौतमलाई मनोनित गर्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।

    यही भदौ २० गतेबाट अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल सकिँदैछ । उनलाई पुनः दोहोर्याउन राष्ट्रिय सभामा मनोनित गर्ने सम्भावना पनि रहेको छ । यद्यपि, यही भदौ १८ गते सत्तारुढ नेकपाको सचिवालय बैठकमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७०३:५६:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend