आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बामदेबलाई आइपर्यो फेरी ठुलो आपत, यसरि पारियो अलपत्र

बामदेबलाई आइपर्यो फेरी ठुलो आपत, यसरि पारियो अलपत्र

  • मिडिया डबली
  • बुधवार, भाद्र १० २०७७

  • 9.2K
    SHARES

  • बामदेबलाई आइपर्यो फेरी ठुलो आपत, यसरि पारियो अलपत्र

    काठमाडौँ- माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र तत्कालीन एमालेसँग एकता गराउने क्रममा वामदेव गौतमको योगदानलाई कम आँक्न हुँदैन र मिल्दैन पनि । उनी त्यो बेलासमेत जनयुद्धको जन्मभूमि रोल्पा पनि पुगेकै हुन् । विभिन्न समय, विभिन्न ठाउँमा भएका वार्तामा सहभागी भएकै हुन् । एक्लो प्रयासमा शान्ति प्रक्रियाको अभियान नै छेडे । तर, दुई वर्षअघि एमाओवादीसँग नेकपा एमालेको एकता हुँदैछ भन्ने भेउ तिनै गौतमलाई दिइएन ।

    आफूलाई विभिन्न आरोप लागेको बखत पनि गौतमले मिहिनेत गर्न छाडेनन् । माओवादीलाई नजिक ल्याउन खोजेबापत माओवादीकै पिछलग्गु बनेको आरोप लगाइयो । उनै गौतमले कहिले माओवादीलाई ठेगान लगाउन आतंककारी विधेयकको समेत नेतृत्व गरेका थिए । पछि फेरि त्यहि माओवादीसँग मिल्नुपर्छ भन्दै पार्टीभित्र चर्को लबिङ्ग गर्न पुगे ।

    गौतमका ती गतिविधिमाथि प्रहार गर्ने समय ढुकेर बसेका एकथरिले माओवादीको पिछलग्गु र परस्त भनेर लामो समयसम्म खेदिरहे । तर,पार्टी एकता गर्दा तीनै एकथरि उनै गौतमलाई भाउ दिएनन् ।

    २०७५ जेठ ३ गते पार्टी एकीकरण भयो । आफूलाई अपमानित गरिएको भन्दै सोही वर्षको पुसमा आयोजित स्थायी कमिटी बैठकमा उनले पार्टी एकीकरण गर्नु नै गलत रहेको धारणा व्यक्त गरे । पार्टी एकीकरणको औचित्य नै नरहेको भन्दै फरक मत राख्ने ठाउँसम्म पुगे ।

    अहिले फेरि गौतमकै जोडबलले राजनीतिक डिलमा पुगेको केपी शर्मा ओलीको सरकार अडिएको छ । दुईवटा पदमध्ये एउटा छाड्न लगाउने अभियान उत्कर्षमा पुगेको बखत एकाएक प्रचारमा ल्याइएको ‘छ बुँदे मिलन सूत्र’ भित्री रूपमा उनको थिएन । किनकि उक्त सूत्रमा प्रधानमन्त्री ओली पुनः दुईवटै पदमा कायम रहने विषय प्रमुख थियो ।

    त्यसरी केपी ओलीलाई फेरि एकपटक अभयदान दिने नेतालाई पार्टीभित्रको थप विवाद मिलाउन भन्दै गठन गरिएको कार्यदलको बारेमा पनि अत्तोपत्तो नै दिइएन । यसरी पछिल्लो पटक कार्यदलको सम्बन्धमा समेत उनलाई अलपत्र पारियो र नराम्रोसँग ठगिए ।

    गौतमको विशेषता नै अनावश्यक ढंगले हौसिने,मच्चिने र थच्चिने हो। त्यत्तिले नपुगेर आफूले विगतमा गरेको कुरोसमेत आफैँले थाहा नपाउने ।आजको जनआस्था साप्ताहिकमा समाचार छापिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७०३:५६:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend