आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राप्रपा नफुटाउने भनी गीता छोएर कसम खाएका कमल थापा हिन्दुवादी दल खोल्दै

राप्रपा नफुटाउने भनी गीता छोएर कसम खाएका कमल थापा हिन्दुवादी दल खोल्दै

  • मिडिया डबली
  • सोमवार, पौष २६ २०७८

  • 6.2K
    SHARES

  • राप्रपा नफुटाउने भनी गीता छोएर कसम खाएका कमल थापा हिन्दुवादी दल खोल्दै

    काठमाडौं - टुटफुट र विभाजनबाट ग्रसित राप्रपाको एकीकरण सभामा कमल थापाले गीता छोएर पार्टी विभाजन नगर्ने कसम खाएका थिए ।

    राप्रपाको महाधिवेशनअघि उम्मेदवारी घोषणा गर्दा पनि थापाले जस्तोसुकै परिणाम आए पनि पार्टी नफुटाउने घोषणा गरेका थिए ।

    तीन वर्षअघि राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनसँग पाथीभरा देवीको मन्दिरमा थापाले कुनै पनि हालतमा पार्टी नफुटाउने सँगै हिँड्ने कसम खाएका थिए ।

    तर, तर, राप्रपा अध्यक्षमा पराजित भएलगत्तै कमल थापामा उकुसमुकुस र छटपटी बढेको छ । पद र प्रतिष्ठामा रमाएका थापा कुर्सी नहुँदा कतिसम्म गर्दा रहेछन् भन्ने पुष्टि भइसकेको छ ।

    आफैँले पार्टी सदस्यता दिएका राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपाको पार्टी कार्यालय नै नटेकी छुट्टै दल गठनको गृहकार्य अघि बढाएको चर्चा व्यापक छ । जेलमा रहेका रेशम चौधरीले त नयाँ पार्टी खोले भने कमल थापा त्यत्तिकै बस्लान् भन्ने कसैले सोचेका पनि छैनन् ।

    उनले केही दिनअघि आफैं पार्टीबाट अलग हुने तर राप्रपा नफुटाउने सामाजिक सञ्जालमा लेखेका थिए । पुस २७ गते उनले मेची काली अभियान सुरु गर्ने घोषणा गरेका थिए । तर, कोरोना संक्रमण बढेपछि हाललाई स्थगित गरेका छन् ।

    थापाले पार्टी विभाजनको आधारभूमि निर्माणकै निम्ति मेची काली अभियान सञ्चालन गर्न लागिएको बताइएको छ। राप्रपाका एक नेताका अनुसार थापाले हिन्दुवादी दल निर्माणको तयारी अघि बढाएका छन् ।

    अबदेखि राजसंस्थालाई मुख्य एजेन्डा नराख्ने गरी थापाले नयाँ पार्टी खोल्न लागेका हुन् । उनले आफू निकट राप्रपाका पदाधिकारीदेखि केन्द्रीय सदस्य सबैलाई राजीनामा दिन लगाएर लिङ्देनलाई कमजोर बनाउने रणनीति अपनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०७:५६:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend