शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म आइसोलेसनमा, माओवादी नेताहरू बने ‘हटस्पट’

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म आइसोलेसनमा, माओवादी नेताहरू बने ‘हटस्पट’

  • मिडिया डबली
  • आइतवार, पौष २५ २०७८

  • 3.6K
    SHARES

  • प्रधानमन्त्रीदेखि मन्त्रीसम्म आइसोलेसनमा, माओवादी नेताहरू बने ‘हटस्पट’

    काठमाडौं - माओवादी केन्द्रको महाधिवेशन नेपालमा कोरोना भाइरसको तेस्रो महामारी फैलाउने हटस्पट बनेको छ ।

    माओवादीको केन्द्रीय कार्यालयका २२ मध्ये २० जनामा कोरोना संक्रमण पुष्टि भएकाले महाधिवेशनस्थल नै हटस्पट बनेको प्रमाणित भएको छ ।

    अहिले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठलगायत अधिकांश संक्रमित भएका छन् । प्रचण्डलगायतका नेताहरूलाई भेटेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसम्म आइसोलेसनमा बसेका छन् ।

    प्रधानमन्त्री देउवाले सात दिनसम्म आइसोलेसनमा बस्ने बताइसकेका छन् । उनको आज पिसिआर परीक्षण गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सूचनामन्त्री कार्कीले भेटघाट बन्द गरेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता श्रेष्‍ठमा कोभिड संक्रमण देखिएपछि मन्त्री कार्की आइसोलेट भएका हुन् । कार्की सत्तागठबन्धनको बैठक र पाँचदलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुँदै आएकाथिए ।

    उनको आजै पिसिआर परीक्षण गरिने भएको छ । प्रधानमन्त्री र सञ्चारमन्त्रीसमेत आइसोलेसनमा बसेपछि अरु मन्त्री र नेताहरू पनि कन्ट्याक ट्रेसिङमा परेका छन् ।

    माओवादी केन्द्रका मन्त्रीहरू जनार्दन शर्मा, पम्फा भुसाललगायत महाधिवेशनमा सहभागी भएकाले उनीहरूको स्वास्थ्यबारे अहिलेसम्म बाहिर केही ल्याइएको छैन ।

    सम्भवतः आज सबै मन्त्रीको स्वास्थ्यबारे सार्वजनिक गरिने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend