काठमाडौँ- सिसिएमसीको बैठकमा प्रधानमन्त्री तथा कांग्रेसका पाटि सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएको प्रगति विवरणको जानकारी माग गरेका छन् ।
शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले कोभिड-१९ नियन्त्रणमा भइ रहेको प्रगति विवरणको माग गरेको सिसिएसमीको प्रवक्ता सुनिता नेपालले जानकारी दिएकी छिन्।
प्रधानमन्त्री देउवाले कोभिड संक्रमितको संख्या बढेकाले उपचार गर्न तयारी अवस्थामा राख्न निर्देशन दिएको नेपालले जानकारी दिएकी हुन्। आजको बैठकमा अक्सिजनको मात्रा बढाएर अस्पताललाई संक्रमितको उपचार गर्न तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिएका छन् ।
खोप लगाउने कार्यलाई तीव्रता दिनलाई पनि उनले जोड गरेको प्रवक्ता नेपालले बताइन् । आवश्यक व्यक्तिलाई अतिरिक्त खोप उपलब्ध गराउन पनि उनले माग गरेका थिए । ओमिक्रोनको संख्या बढेकाले सचेतनाको कार्यक्रम गर्न उनले दिएको उनले सुनाइन् ।
'निषेधाज्ञा र लकडाउन गर्ने विषयमा कुनै पनि छलफल भएन,' उनले भनिन्,' संक्रमणको दर बढी रहेको ठाउँमा जिल्ला प्रशासन र स्थानीय तहलाई निषेधाज्ञा गर्न निर्देशन दिइसकेको छ ।'
कोभिडको नयाँ भेरियन्ट देखा पर्न थालेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्न सचेतना कार्यक्रम गर्नलाई उनले आग्रह गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।