शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

एमाले, राप्रपा, माओवादीभन्दा कांग्रेसकै महाधिवेशनको चौतर्फी चर्चा र प्रशंसा

एमाले, राप्रपा, माओवादीभन्दा कांग्रेसकै महाधिवेशनको चौतर्फी चर्चा र प्रशंसा

  • मिडिया डबली
  • सोमवार, पौष १९ २०७८

  • 10.4K
    SHARES

  • एमाले, राप्रपा, माओवादीभन्दा कांग्रेसकै महाधिवेशनको चौतर्फी चर्चा र प्रशंसा

    काठमाडौं - एक महिनाको बीचमा नेपालका चार ठूला दलका महाधिवेशन सम्पन्न भयो । मंसिर ११ गतेदेखि सुरु भएको दलका महाधिवेशन हिजो आइतबारसम्म जारी रह्यो ।

    यस अवधिमा एमाले, राप्रपा, नेपाली कांग्रेस र माओवादी केन्द्रको महाधिवेशन भइसकेको छ । कात्तिक अन्तिम साता नेकपा मालेको महाधिवेशन पनि सुटुक्क गरिएको थियो । तर, त्यसबारे कहीँकतै चर्चा परिचर्चा भएन ।

    एमालेको १०औं महाधिवेशन चितवनको सौराहमा सम्पन्न भयो । महाधिवेशन झन्डै एक सातासम्म चलेको थियो । यदि एमालेको महाधिवेशनमा भीम रावल र घनश्याम भुसाल हुन्थेनन् भने कहीँकतै चर्चा पनि हुँदैनथ्यो ।

    किनभने अध्यक्ष केपी ओलीले जे भन्यो त्यही मान्नुपर्ने अवस्था एमालेमा विद्यमान थियो । तर, रावल र भुसालले ओलीलाई लतारेर चुनावसम्म लगे । कतिसम्म भने रावल र भुसालले नेतृत्व चयन निर्वाचनबाट हुनुपर्ने माग गर्दा झन्डै उनीमाथि सांघातिक हमला भएन ।

    अहिले उनलाई किनारामा पारिएको छ । एमालेमा विधि र नेतृत्व चयनमा प्रतिस्पर्धाको गुन्जायस नै भएन । एमालेको महाधिवेशनलगत्तै राप्रपाको महाधिवेशन सम्पन्न भयो ।

    राप्रपामा कमल थापाबाहेक सबैले चुनाव जिते । राप्रपामा युवा नेतृत्व आउनुबाहेक अरु केही भएन । बरु पूर्वराजाले आफूलाई हराएको भन्दै कमल थापाले पार्टी नै बहिष्कार गरे । अहिले उनी नयाँ पार्टी गठनको तयारीमा लागेका छन् ।

    यदि राजेन्द्र लिङ्देनले कमल थापालाई नहराएको र अभिनेत्री रेखा थापा महामन्त्रीमा नउठेको भए राप्रपाको महाधिवेशन पनि चर्चामा आउँदैनथ्यो । मंसिर २४ गते नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भयो ।

    महाधिवेशन मंसिर २८ गतेसम्म चल्यो । तर, मतगणना झन्डै एक सातासम्म लम्बियो । तर, पनि पार्टी नेतृत्व चयन स्वस्थ निर्वाचनको प्रक्रियाबाट भयो । पार्टी सभापतिमा शेरबहादुर देउवा दोहोरिए पनि पदाधिकारीदेखि केन्द्रीय सदस्य धेरै युवा नै आए ।

    महाधिवेशनमा पदाधिकारीमा पराजित आठजनालाई देउवाले केन्द्रीय सदस्य बनाइसकेका छन् । नेतृत्वको स्वस्थ आलोचना भयो । निर्वाचनबाट नेतृत्व चयन भयो । त्यसैले पनि कांग्रेसको महाधिवेशनको चर्चा र प्रशंसा दुवै भएको हो ।

    सबैको महाधिवेशनलाई समीक्षा गर्दा सबैभन्दा पारदर्शी, लोकतान्त्रिक र स्वस्थ प्रतिस्पर्धा कांग्रेस महाधिवेशनमै देख्न पाइएको विश्लेषण हुन थालेको छ । कांग्रेसपछि माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको छ ।

    महाधिवेशन आठ दिनसम्म चलेर हिजो सम्पन्न भएको हो । माओवादी महाधिवेशनमा प्रचण्डको राजनीतिक दस्ताबेजमा छलफलबाहेक अरु केही भएन । प्रचण्डले केन्द्रीय कार्यसमितिका सदस्यको सूची प्रस्तुत गरे ।

    त्यसमा सबैले ताली बजाए । महाधिवेशन सकियो । आज प्रचण्डले १५ जना पदाधिकारी पनि खल्तीबाटै निकालेर अनुमोदन गराउने तयारी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend