शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसलाई १० सिट, गठबन्धनका अन्य दललाई यस्तो छ भागबन्डा

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसलाई १० सिट, गठबन्धनका अन्य दललाई यस्तो छ भागबन्डा

  • मिडिया डबली
  • आइतवार, पौष १८ २०७८

  • 7.5K
    SHARES

  • राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसलाई १० सिट, गठबन्धनका अन्य दललाई यस्तो छ भागबन्डा

    काठमाडौं - राष्ट्रिय सभाका १९ सांसदको आगामी २० फागुनबाट पद रिक्त हुँदैछ । आगामी १२ माघमा राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र एकीकृत समाजवादी र जसपाबीच सिट बाँडफाँटको गृहकार्य सुरु भएको छ ।

    आयोगले २० पुसमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले आयोगमा दल दर्ता गराइसकेका छन् ।

    स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले १० सिट, माओवादी केन्द्र र नेकपा एसलाई चार–चार सिट तथा जसपालाई एक सिट दिने गरी गठबन्धनमा भागबन्डाको तयारी भइरहेको हो ।

    तर, माओवादी, नेकपा एस र जसपा भने संख्या थप हुनुपर्ने अडानमा छन् । तर, कांग्रेसले यसलाई आफ्नो बटमलाइन मानेको बताइन्छ । यी दलहरूबीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने सहमति छ ।

    यसअघि भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक एक सिट पाइसकेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेको शेखी झार्न पनि गठबन्धनमा आबद्ध दलबीच साझा उम्मेदवार तय गर्ने आन्तरिक सहमति भएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend