काठमाडौँ- कांग्रेसका नेता प्रदीप पौडेलसहित तीन जना नेतालाई सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका छन्।
पौडेल देउवा समूहबाट महामन्त्री उम्मेदवार भए पनि पराजित भएका थिए। उनि संगै कर्णालीका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाही पनि केन्द्रीय सदस्य मनोनीत भएका छन्।
उनी सहमहामन्त्रीमा पराजित भएका थिए। सभापतिमा पराजित भएका कल्याणकुमार गुरूङलाई पनि देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका छन्।
गुरूङले दोस्रो चरणमा देउवालाई सभापतिमा साथ् रहेको थियो। सभापति देउवाले शनिबार रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। देउवाले ३३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।