काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम देउवाले शनिबार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
मनोनयन हुनेमा पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा छन् ।
मनोनीत हुनेमध्ये पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्मा महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेका थिएनन् । सिंह र निधि सभापति, गच्छदार र कोइराला उपसभापति तथा महत महामन्त्रीमा पराजित भएका थिए ।
केही पराजित नेताहरू केन्द्रीय सदस्यमा मनोनीत भए पनि उपसभापति र महामन्त्रीमा पराजित भएका चन्द्र भण्डारी, महेश आचार्य, प्रदीप पौडेल, मिनेन्द्र रिजाललगायत भने अझै केन्द्रीय कार्यसमितिमा अटाउन सकेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।