आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कमल थापा राप्रपाबाट आउट हुने, यी शक्तिशाली नेता इन हुने खुलासा !

कमल थापा राप्रपाबाट आउट हुने, यी शक्तिशाली नेता इन हुने खुलासा !

  • मिडिया डबली
  • शुक्रवार, पौष १६ २०७८

  • 9.7K
    SHARES

  • कमल थापा राप्रपाबाट आउट हुने, यी शक्तिशाली नेता इन हुने खुलासा !

    काठमाडौं - राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको प्रयास सुरु भएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई भेटेर पार्टी एकताको प्रस्ताव राखेपछि पहिलेदेखिको सबैको अनुमान सत्य हुन लागेको हो ।

    राजसंस्था पुनःस्थापना गर्ने सर्तमा दुवै पार्टीबीच एकता हुने बताइएको छ । आजको भेटमा लिङ्देनले यही बेहोराको प्रस्ताव राखेका थिए । भेटमा राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सहभागी थिए ।

    लिङ्देन र राणा दुवै राजसंस्था पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् । पछिल्लो समय विवेकशील साझाका अध्यक्ष मिश्र पनि राजसंस्थाको पक्षमा छन् । त्यसका लागि उनले मेची काली अभियान सुरु गर्दैछन् । यहीबीचमा लिङ्देन र मिश्रको भेटवार्ता भएको हो ।

    राप्रपामा पूर्वअध्यक्ष कमल थापाले राजसंस्थाको एजेन्डा त्याग्दैछन् । उनले पुस २७ गतेको दिन पारेर यस्तो घोषणा गर्न लागेका हुन् । त्यसैले अब थापाको ठाउँमा मिश्र ल्याउने तयारी सुरु भएको हो ।

    पछिल्लो समय राप्रपा अध्यक्ष लिङ्देन र साझा विवेकशील पार्टीका अध्यक्ष मिश्रबीच को बढी राजापवादी बन्ने भन्ने प्रतिस्पर्धा देखिएको छ । हिजो वैकल्पिक राजनीतिक शक्ति बनाउन मत माग्ने मिश्र अब राजसंस्था पुनः स्थापनाको एजेन्डा बोक्ने बाटोमा हिँडेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक २२ २०७७०७:५६:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend