शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसका सात चर्चित जिल्ला सभापति, जो भविष्यमा प्रभावशाली देखिन सक्छन्

कांग्रेसका सात चर्चित जिल्ला सभापति, जो भविष्यमा प्रभावशाली देखिन सक्छन्

  • मिडिया डबली
  • शुक्रवार, पौष १६ २०७८

  • 28.1K
    SHARES

  • कांग्रेसका सात चर्चित जिल्ला सभापति, जो भविष्यमा प्रभावशाली देखिन सक्छन्

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअघि ६४ जिल्लाका जिल्ला अधिवेशन सम्पन्न भएको थियो । क्रियाशील सदस्यता वितरण र केही नेताको इगोका कारण जिल्ला अधिवेशन हुन सकेको थिएन ।

    त्यसैले कांग्रेसले आगामी पुस २७ गते पहिले स्थगित भएका १६ जिल्लाको जिल्ला अधिवेशन गर्न कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ । अहिले ती जिल्लामा अधिवेशनको सरगर्मी निकै बढेको छ ।

    यसअघि निर्वाचित भएका ६४ जिल्ला सभापतिमध्ये पनि केही जिल्ला सभापति यस्ता छन्, जो आगामी दिनमा कांग्रेसमा आफ्नो प्रभाव बलियो बनाउन सक्ने खालका छन् ।

    तिनीहरू पार्टीमा मात्र होइन, प्रतिनिधिसभामा विजयी भएर आउने क्षमता राख्छन् । केही त अहिले पनि सांसद छन् । इलामका डम्बर खड्का, स्याङ्जाका राजु थापा, रामेछापका पूर्णबहादुर तामाङ (कान्छाराम), भक्तपुरका दुर्लभ थापा, काभ्रेका तीर्थ लामा, संखुवासभाका दीपक खड्का तथा कास्कीका किशोरदत्त बराल कांग्रेसका चर्चित जिल्ला सभापतिहरू हुन् ।

    युवा उमेरका भएकाले पनि उनीहरूले लामै समयसम्म पार्टीमा आफ्नो भूमिका निभाउन सक्ने देखिन्छ । थापा सांसद छन् भने खड्का पूर्वमन्त्री भइसकेका छन् । लामा सांसद पनि हुन् । यी सातैजना आगामी प्रतिनिधिसभाको निर्वाचनमा सांसदको टिकट पाउने नेताहरू हुन् ।

    पार्टी राजनीतिमा मात्र होइन, समाजसेवा पनि यी नेताहरू अग्रपंक्तिमा छन् । इलामका खड्का नेताभन्दा बढी समाजसेवीका रूपमा परिचित छन् ।

    उनले भूकम्प, प्राकृतिक विपत्ति, कोरोना महामारीका बेला जिल्लावासीका लागि करोडौं रुपैयाँ सहयोग गरेका छन् । विकास निर्माणमा व्यक्तिगत खर्च गर्दै आएका छन् । हालै मात्र उनले कांग्रेसको जिल्ला पार्टी कार्यालयका लागि एक करोड रुपैयाँ सहयोग गरेका छन् ।

    विभिन्न सामाजिक कार्यहरु गरे बापत नागरिक समाज द्वारा पटक पटक नागरिक अभिनन्दन सम्मान पाइसकेका उनले २ पटक रास्ट्रिय सम्मान पनि पाएका थिए । 

    रामेछापका तामाङ र संखुवासभाका खड्का समाजसेवाकै कारण चर्चामा आएका हुन् । रामेछापवासीका लागि तामाङ दर्जनौं एम्बुलेन्स निःशुल्क वितरण गरेका छन् ।

    सडक निर्माणमा पनि उनले धक फुकाएर सहयोग गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका खड्का हाइड्रो व्यवसायी हुन् । उनले जिल्लामा जलविद्युतको विकासमा क्रान्ति नै ल्याएका छन् ।

    स्याङ्जाका थापा उदीयमान युवा नेता हुन् । स्याङ्जामा एमालेको दबदबा चिर्दै कांग्रेसबाट विजयी भएका थापा विकास र पूर्वाधार निर्माणमा बढी चर्चित छन् । काभ्रेका लामा निर्माण व्यवसायी तथा समाजसेवी हुन् ।

    उनले काभ्रे १ को विकासका लागि केन्द्र सरकारसँग राम्रो समन्वय गरेका छन् । कास्कीका बराल बौद्धिक युवा नेता हुन् । उनी संगठन निर्माणमा मात्र होइन, विपक्षी दलका लागि पनि चुनौती बन्न सक्छन् ।

    कांग्रेसको १४औं महाधिवेशनमा विश्वप्रकाश शर्मालाई महामन्त्रीमा जिताउन उनले चाणक्यको भूमिका निभाएको कांग्रेसीले बिर्सेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend