शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

पर्यटक भिसामा नेपाल भ्रमणमा आएका चिनियाँहरू आर्थिक अपराधमा संलग्न भएको खुलासा

पर्यटक भिसामा नेपाल भ्रमणमा आएका चिनियाँहरू आर्थिक अपराधमा संलग्न भएको खुलासा

  • मिडिया डबली
  • बिहिवार, पौष १५ २०७८

  • 4.3K
    SHARES

  • पर्यटक भिसामा नेपाल भ्रमणमा आएका चिनियाँहरू आर्थिक अपराधमा संलग्न भएको खुलासा
    फाइल तस्वीर

    काठमाडौँ- पर्यटक भिसामा नेपाल भ्रमणमा आएका चिनियाँहरू संखुवासभा जिल्ला अन्तर्गतको किमाथाङ्कामा रुद्राक्ष, जडीबुटी, मरेका वन्यजन्तुको टुक्रा, सुन र अमेरिकी डलर तस्करीका साथै ठगी र आर्थिक अपराधमा संलग्न हुने गरेको पाइएको छ ।

    किमाथाङ्कामा चिनियाहरू संख्या डरलाग्दो रुपमा बढ्दै गएकाले संखुवासभाको खाद्वारी र तुम्लिङटारका होटल तथा लजहरु आफ्नो क्षमताभन्दा बढी भार बहन गर्न बाध्य भएका  छन् । उनीहरु  भाडाको घरमा समेत बस्दै आएका छन् ।

    जिल्ला प्रशासन कार्यालयले समेत यस बिषयलाई गम्भीरतापुर्वक लिदै सतर्कता बढाएको एक कर्मचारीले बताएको छ। यस सम्बन्धमा किमाथाङ्का र संखुवासभाका अन्य स्थानमा सशस्त्र प्रहरी बलको सतर्कता र गस्ती बढाउन जिल्ला समन्वय समितिको बैठक बसेको थियो ।

    बीओपीमा जनशक्ति बढाउन, भन्सार कार्यालय स्थापना गरी प्रभावकारी बनाउन सम्बन्धित उच्च निकायसँग समन्वय गर्ने निर्णय पनि भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend