शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

शेखर कोइरालाभन्दा अघिल्लो वरीयतामा को-को छन् ? नालीबेली

शेखर कोइरालाभन्दा अघिल्लो वरीयतामा को-को छन् ? नालीबेली

  • मिडिया डबली
  • शनिवार, पौष १० २०७८

  • 10.3K
    SHARES

  • शेखर कोइरालाभन्दा अघिल्लो वरीयतामा को-को छन् ? नालीबेली

    काठमाडौं- कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा दोस्रो स्थानमा रहेका शेखर कोइरालालाई कांग्रेस सभापति शेरबहादुर देउवाको तजबिजमा २० औं वरीयतामा राखिएका छन्।

    कांग्रेसमा यसअघि सभापतिका निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरीयता दिने गरिएको थियो। सभापतिका लागि भएको निर्वाचनमा देउवाले दुई हजार ७३३ मत पाएर विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ८५५मत पाएका थिए।

    कुल ४ हजार ६२३ मत खसकोमा कोइरालाले ४० मत पाएका हुन्। सभापति देउवाको तजबिजमा वरीयताक्रम निर्धारण गरिएको एक पदाधिकारीले जानकारी दिए।

    सभापतिको निर्वाचनमा ४० प्रतिशत मत ल्याएका नेतालाई देउवाको तजबिजमा पार्टीको २० औं वरीयतामा राख्‍ने निर्णय भएको जनाइएको छ। कांग्रेस वरीयतामा अहिले जितेका १३ पदाधिकारीपछि शशांक कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, सुनिल थापा रहेका छन्।

    कोइराला, केसी, महत, यादव र थापा पूर्वपदाधिकारी हुन्। त्यसपछि शेखर कोइरालाको नाम छ। वरीयता निर्धारणका लागि तीन वटा विकल्पमा छलफल भएको थियो। पहिलो विकल्प थियो– सभापति देउवा, रामचन्द्र र शेखरलाई राखेर वरीयता मिलाउने।

    यस्तै सभापति र पदाधिकारीपछि शेखरलाई राख्नुपर्छ भन्‍ने विकल्प पनि थियो। अर्थात् पूर्वपदाधिकारीभन्दा माथि शेखरलाई राख्नुपर्छ भन्‍ने विकल्पमा छलफल भएको थियो।

    तेस्रो चाहिँ सभापति, पदाधिकारी र पूर्वपदाधिकारीभन्दा शेखरको वरीयता निर्धारण भन्ने विषयमा छलफल भएको ती नेताले जानकारी दिए। सभापति देउवाले भने तस्रो विकल्प रोज्दै शेखरलाई २० औं वरियता दिएका हुन्। अब अन्य पूर्वपदाधिकारी पनि केन्द्रीय समितिमा मनोनीत गर्दा कोइरालाको वरीयता अझै खस्किनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend