शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस कोषाध्यक्षमा यी नेताको चर्चा, कसले मार्ला बाजी ?

कांग्रेस कोषाध्यक्षमा यी नेताको चर्चा, कसले मार्ला बाजी ?

  • मिडिया डबली
  • शुक्रवार, पौष ९ २०७८

  • 11.3K
    SHARES

  • कांग्रेस कोषाध्यक्षमा यी नेताको चर्चा, कसले मार्ला बाजी ?

    काठमाडौं - नेपाली कांग्रेसमा कोषाध्यक्ष को बन्ला भन्ने चर्चा सुरु भएको छ ।

    कांग्रेसको १४औं महाधिवेशनबाट एक सय ३४ सदस्यीय कार्यसमिति निर्वाचित भएलगत्तै पदाधिकारीमै पर्ने कोषाध्यक्ष को बन्ला भन्ने चर्चा सुरु भएको हो ।

    यसअघि कांग्रेसमा चित्रलेखा यादव र सीतादेवी यादव कोषाध्यक्ष भइसकेका छन् । त्यसैले यसपटक महिलाबाट कोषाध्यक्ष बन्ने सम्भावना निकै कम रहेको बताइन्छ ।

    कोषाध्यक्षका लागि नेतृ चित्रलेखा यादव, पुष्पा भुसाल, डिला संग्रौला र अम्बिका बस्नेत आकांक्षी छन् । सबै सभापति शेरबहादुर देउवा निकट हुन् । यादव पहिले नै कोषाध्यक्ष बनेको तर परफरमेन्स राम्रो नदेखिएको भन्दै देउवा सन्तुष्ट छैनन् ।

    बनाए पनि भुसाल, संग्रौला र बस्नेतमध्येबाट एकजना हुने कांग्रेस नेताहरू बताउँछन् । तर, यसपटक कांग्रेस कोषाध्यक्षका लागि विनोद चौधरी र उमेश श्रेष्ठ पनि दाबेदारका रूपमा अगाडि आएका छन् ।

    दुवैको आर्थिक हैसियत बलियो भएको र व्यवस्थापनमा पनि अब्बल भएकाले चौधरी र श्रेष्ठमध्ये एकजनालाई देउवाले कोषाध्यक्ष बनाउन सक्ने स्रोतले बतायो । दुवै अहिले देउवा निकट कांग्रेस नेता हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend