शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसका १३४ नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले कहिले पाउछन् प्रमाणपत्र ?

कांग्रेसका १३४ नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले कहिले पाउछन् प्रमाणपत्र ?

  • मिडिया डबली
  • शुक्रवार, पौष ९ २०७८

  • 3.2K
    SHARES

  • कांग्रेसका १३४ नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले कहिले पाउछन्  प्रमाणपत्र ?

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शनिबार ‘निर्वाचित भएको प्रमाणपत्र’ लिने भएका छन् ।

    शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा एक सय ३३ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

    कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन सूचना जारी गरेको छ।

    कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।

    २४–२८ मंसिरसम्म काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरू सबै आइसकेका छन् । आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसको नयाँ नेतृत्व महाधिवेशनबाट आउनै पर्ने बाध्यता थियो ।

    जसअनुसार १२ पुससम्म महाधिवेशनबाट आएको नयाँ केन्द्रीय समितिको सूची बुझाउन निर्वाचन आयोगले कांग्रेसलाई पत्र पठाएको थियो । त्यसैले १० पुसमा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले प्रमाणपत्र बुझ्ने र पहिलो केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।

    शनिबार केन्द्रीय समिति बैठक बस्नेबारे सभापति शेरबहादुर देउवा आन्तरिक गृहकार्यमा लागेका छन् । उनले त्यसअघि नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend