शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसमा देउवालाई झन्डै ८० प्रतिशत बहुमत, कसरी हाँक्लान् पार्टी ?

कांग्रेसमा देउवालाई झन्डै ८० प्रतिशत बहुमत, कसरी हाँक्लान् पार्टी ?

  • मिडिया डबली
  • बिहिवार, पौष ८ २०७८

  • 4.5K
    SHARES

  • कांग्रेसमा देउवालाई झन्डै ८० प्रतिशत बहुमत, कसरी हाँक्लान् पार्टी ?

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई नसोचेको सफलता आइलागेको छ ।

    अहिलेसम्म सार्वजनिक भएको मतपरिणाममा देउवाले झन्डै ८० प्रतिशत बहुमत हात परेको छ । जुन उनले सोच्दै नसोचेको सफलता हो । संस्थापन इतर समूह तितरवितर भएपछि देउवा कांग्रेसमा थप शक्तिशाली बनेका छन् ।

    यद्यपि बहुमत युवा नेताहरू आएकाले उनलाई सहज भने छैन । केन्द्रीय कार्यसमितिमा अहिलेसम्म १३ पदाधिकारीसहित ९७ केन्द्रीय पदको मतपरिणाम सार्वजनिक भएको छ ।

    सभापतिसहित आठजना पदाधिकारी गरी ७७ जना देउवा समूहका विजयी भइसकेका छन् । ३७ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुनुअगावै केन्द्रीय कार्यसमितिमा देउवाको स्पष्ट बहुमत पुगिसकेको छ ।

    निर्वाचनबाट चुनिने एक सय ३४ सदस्यीय कार्यसमितिमा ६७ जना विजयी भए बहुमत पुग्छ । तर, ३७ पदको मतपरिणाम आउनुअगावै देउवा पक्षका ७७ जनाले जित हासिल गरिसकेका छन् ।

    १३ जना पदाधिकारीमध्ये सभापति देउवासहित उनी पक्षका आठजना निर्वाचित भएका छन् । उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय डिना, फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी, किशोरसिंह राठौर र महेन्द्र यादव देउवा समूहका हुन् ।

    शेखर कोइराला समूहबाट पदाधिकारीमा चारजना विजयी भएका छन् । जसमा उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियार रहेका छन् । प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

    निर्वाचित सदस्यमध्येबाट एकजना कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने विधानको व्यवस्था छ । देउवालाई ३३ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार पनि छ ।

    १४औं महाधिवेशनमा उम्मेदवारी नदिएका र आफूलाई सहयोग गर्दै आएका नेताहरूलाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गर्नेछन् । त्यसैले देउवा झन् बलिया देखिनेछन् ।

    रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतका नेता यो कार्यसमितिमा छैनन् । निर्वाचन समितिले आज भूगोल र अन्य क्लस्टरको मत परिणाम सार्वजनिक गरिसक्ने जनाएको छ ।

    आज खसआर्य समूह, प्रदेश १, आदिवासी जनजाति समूहका केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend