काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन लगभग सकिएको छ । तर २ नम्बर प्रदेशमा बाँकी रहेको प्रदेश अधिवेशन आजदेखि हुँदैछ ।
कांग्रेसले यसअघि ६ वटा प्रदेशमा अधिवेशन गरिसकेको छ ।
प्रदेश अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, १ महिलासहित ३ सहमहामन्त्री र सदस्यहरु चयन गर्ने भएको छ ।
प्रदेश सभापति पदका लागि मुख्यगरी २ जना उम्मेदवार मैदानमा देखिएका छन् । मंगलबार उम्मेदवारको मनोनयन गर्नुपर्ने चुनावी कार्यतालिका रहेको छ भने भोलि बुधवार मतदान हुने भएको छ ।
२ नम्बर प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका संसदीय दलका नेता रामसरोज यादव र रौतहट कांग्रेसका पूर्व सभापति कृष्ण यादव प्रदेश सभापति पदका आकांक्षी रहेका छन् ।
सभापति पदका आकांक्षीमध्ये रामसरोज बिमलेन्द्र निधि निकट रहेका छन् भने कृष्ण सभापति शेरबहादुर देउवानिकट रहेका छन् । सभापति पदमा निधिनिकट रामसरोजलाई कांग्रेस नेता शेखर कोइराला पक्षले समेत समर्थन गर्ने गरी छलफल भइरहेको कांग्रेसनिकट स्रोतले जनाएको छ ।
२ नम्बर प्रदेश अधिवेशनमा १ हजार ९८० मतदाता रहेका छन् । अधिवेशनमा प्रदेश अधिवेशन प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र भातृ तथा शुभेच्छुक संघसंस्थामा तोकिएका प्रतिनिधि प्रदेश अधिवेशनका मतदाता रहन्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।