काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुला महिलाको मतगणना जारी रहेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा २ हजार ६५० मत गणना हुँदा नेत्री डिला संग्रौला पहिलो नम्बरमा रहेकी छन् ।
नेत्री संग्रौलाले १ हजार ६५० मत पाएकी छन् भने पुष्पा भुसालले १ हजार ५५९, आरजु राणाले १ हजार ४५६, अम्बिका बस्नेतले १ हजार ३१०, ईश्वरी न्यौपानेले १ हजार २९६, सरिता प्रसाईंले १ हजार १९०, रमा कोइरालाले १ हजार ५८, सुशीला ढकालले १ हजार ४१, रंगमती शाहीले १ हजार २५ र अनिता देवकोटाले ९९१ मत पाएकी छन् ।
खुला महिलामा ९ केन्द्रीय सदस्य निर्वाचित हुनेमा ३० जनाबीच प्रतिस्पर्धा भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।