काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनले विभिन्न रोचक तथ्य बाहिर ल्याउने क्रम जारी छ ।
वडा र क्षेत्रीय अधिवेशनमै एक से एक नेता पराजित बनेका थिए । त्यसमाथि शीर्ष नेता नै निर्वाचन लड्न डराए ।
निर्वाचनमा एउटै परिवारका सदस्य लड्नेदेखि आफन्त पनि केन्द्रीय समितिमा आउन उम्मेदवार बनेका छन् । त्यसैमध्येका नेता अर्जुंननरसिंह केसी र गगन थापा नाताले ससुरा ज्वाइँ हुन् । गगन कांग्रेस महामन्त्रीमा निर्वाचित भएका छन् ।
ससुरा केसी भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अब कांग्रेसको केन्द्रीय समितिमा ज्वाइँ महामन्त्री भएर प्रस्तुत हुनेछन् भने ससुरा केन्द्रीय सदस्य मात्र हुनेछन् ।
१३औं महाधिवेशनमा केसी र थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । तर, दुवै पराजित भए । अहिले भने निर्वाचनबाटै दुवै केन्द्रीय कार्यसमितिमा पुगेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।