काठमाडौं - कांग्रेस दोलखाले इतिहास रचेको छ । कांग्रेसको १४औं महाधिवेशनबाट तीनजना केन्द्रीय समितिमा पुगेका छन् । जसमा जिपछिरिङ लामा, अजयबाबु शिवाकोटी र कुन्दनराज काफ्ले छन् ।
तीनैजना खुलातर्फ ३५ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । निर्माण व्यवसायीसमेत रहेका लामा पूर्वसांसद पनि हुन् । उनी सभापति शेरबहादुर देउवाका विश्वासपात्र नेता हुन् ।
शिवाकोटी पेसाले पत्रकार हुन् । उनी नेपाल प्रेस युनियनका महासचिव पनि हुन् । पहिलोपटक महाधिवेशन प्रतिनिधि बनेर उनले एकैपटक केन्द्रीय सदस्य निर्वाचित हुन् सफल भएका छन् ।
नेपालको इतिहासमा कुनै पनि पत्रकार पार्टीको महाधिवेशनबाट एकैचोटि केन्द्रीय सदस्यमा निर्वाचित भएको सम्भवतः यो नै पहिलोपटक हो । उनले लेखेको समाचारकै कारण कृष्णबहादुर महराले सभामुद र गोकुलप्रसाद बास्कोटाले सञ्चारमन्त्रीबाट हात धुनु परेको थियो ।
काफ्ले युवा नेता हुन् । उनी नेविसंघका पूर्वमहामन्त्रीसमेत हुन् । नेपालमा गणतन्त्र ल्याउनुपर्छ भनेर सडकमा नारा लगाएर उनी चर्चित भएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।