काठमाडौं - नेपाली कांग्रेसको खुलातर्फ ३५ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार नाम चलेका नेताहरू ३५ मा सुरक्षित देखिएका छन् ।
कांग्रेसको १४औं महाधिवेशन कांग्रेस ललितपुरका लागि भने फलदायी सावित भएको छ ।
ललितपुरबाट कांग्रेस केन्द्रीय कार्यसमितिमा पछिल्लो समय ओमकार श्रेष्ठबाहेक अरु कोही पनि आउन सकेका छैनन् । राजधानीसँगै जोडिएको जिल्ला भएर पनि ललितपुर सधैं पछाडि थियो ।
तर, यसपटक भने कांग्रेस ललितपुरले इतिहास रचेको छ । एकैपटक तीन नेता कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । जसमा उदयशमशेर राणा, जितजंग बस्नेत र मदनबहादुर अमात्य छन् । राणा तरुण दलका पूर्वअध्यक्ष तथा पूर्वअर्थराज्यमन्त्री भइसकेका छन् । उनी ‘टप ५’ मा परेका छन् ।
बस्नेत तरुण दलका बहालवाला केन्द्रीय अध्यक्ष हुन् । यसपटक उनी ‘टप १५’ भित्र परेका छन् । नेविसंघका पूर्वमहामन्त्रीसमेत रहेका बस्नेत युवा विद्यार्थीमाझ लोकप्रिय छन् ।
यस्तै, अमात्य कांग्रेस ललितपुरका निवर्तमान सभापति हुन् । उनी पूर्वसांसदसमेत हुन् । नेवार समुदायका नेता भए पनि अमात्यले खुलाबाटै केन्द्रीय सदस्यमा चुनाव जितेका छन् । राणा, बस्नेत र अमात्य तीनैजना सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।