काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि गणना सकिए पनि मतपरिणाम औपचारिक घोषणा भएको छैन । केहीबेरमा परिणाम घोषणा हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनबाट ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुनेछन्, जसमा ९९ जनाको उम्मेदवारी परेको छ ।
खुला केन्द्रीय सदस्य पदमा निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले सर्वाधिक लोकप्रिय मत पाएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।