काठमाडौं - नेपाली कांग्रेसको खुलातर्फको ३५ केन्द्रीय सदस्यका मतगणना जारी छ । अहिलेसम्म दुई हजार ९९३ मतगणना हुँदा डा. शशांक कोइरालाले सबैभन्दा बढी दुई हजार ४४२ मत ल्याएका छन्।
अहिलेसम्मको परिणामअनुसार टप टेनभित्र दुईजनाबाहेक पुराना अनुहार देखिएका छन् । नेता एनपी साउद दोस्रो स्थानमा छन् । उनले १ हजार ८ सय ९६ मत पाएका छन् ।
तेस्रो स्थानमा गृहमन्त्री बालकृष्ण खाँण छन् । उनले १८ सय ९६ मत ल्याएका छन् । चौथो स्थानमा युवा नेता उदयशमशेर राणाले १८ सय ८ मत ल्याएका छन् ।
पाँचौ स्थानमा रहेका रमेश लेखकले १७ सय ८२ मत ल्याउँदा छैटौ स्थानमा रहेका शंकर भण्डारीले १७ सय ७१ मत ल्याएका छन् । सातौ स्थानका रामहरि खतिवडाले १७ सय ७० मत पाएका छन् ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १७ सय ६४ मतसहित आठौं स्थानमा छन् । नवौं स्थानमा रहेका अर्जुननरसिंह केसीले १७ सय १० मत ल्याएका छन् ।
१६ सय ७४ मतसहित जिपछिरिङ लामाले टपटेनमा स्थानमा बनाएका छन् । अघिल्लो केन्द्रीय कार्यसमितिमा बस्दै नबसेका दुई युवा नेता राणा र खतिवडाले लोकप्रिय मत पाउनुलाई आश्चर्य मानिएको छ ।
३५ मा समेटिएका उम्मेदवार
१) शशांक कोइराला-२४४२
२) एनपी साउद-१८९६
३) बालकृष्ण खाँण-१८५१
४) उदयशमशेर राणा-१८०८
५) रमेश लेखक-१७८२
६) शंकर भण्डारी-१७७१
७) रामहरि खतिवडा-१७७०
८) ज्ञानेन्द्रबहादुर कार्की-१७६४
९) अर्जुननरसिंह केसी-१७१०
१०) जिपछिरिङ लामा-१६७४
११) गोपालमान श्रेष्ठ-१६४६
१२) जितजंग बस्नेत-१५९६
१३) डा. रामशरण महत-१५७७
१४) नैनसिंह महर-१५७१
१५) सुनिलबहादुर थापा-१५६६
१६) दिलेन्द्रप्रसाद बडू-१५४८
१७) बलबहादुर केसी-१५३८
१८) गोविन्द भट्टराई-१५२४
१९) मोहनबहादुर बस्नेत–१५२४
२०) दीपक गिरी-१४४८
२१) कुन्दनराज काफ्ले-१४२६
२२) सुरेन्द्रराज पाण्डे-१४१०
२३) पद्मनारायण चौधरी-१३७७
२४) गुरु बराल-१२३४
२५) सञ्जयकुमार गौतम-१२१९
२६) डा. गोविन्दराज पोखरेल-११९१
२७) राजीव ढुंगाना-११७८
२८) मदनबहादुर अमात्य-११५९
२९) दिनेश कोइराला-११५३
३०) गणेश लामा-११३४
३१) अजयबाबु शिवाकोटी-११३३
३२) मोहन आचार्य-११२६
३३) उमेशजंग रायमाझी-१११९ ३
४) डा. गोपाल दहित-१११८
३५) कृष्णकिशोर घिमिरे-११००




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।