शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसको महाधिवेशनपछि यी नेताहरूको राजनीतिक भविष्य धरापमा

कांग्रेसको महाधिवेशनपछि यी नेताहरूको राजनीतिक भविष्य धरापमा

  • मिडिया डबली
  • आइतवार, पौष ४ २०७८

  • 4.0K
    SHARES

  • कांग्रेसको महाधिवेशनपछि यी नेताहरूको राजनीतिक भविष्य धरापमा

    काठमाडौं - नेपाली कांग्रेसको १४औँ महाधिवेशनले कुन कुन नेताहरूलाई स्थापित गरायो ? कुन कुन नेताहरूको भविष्य धरापमा पार्यो ? भन्ने प्रश्नको पूरा उत्तर आउन केन्द्रीय सदस्यहरूको मत परिणाम पर्खनै पर्ने हुन्छ ।

    पदाधिकारीको मत परिणामले पनि धेरै कुराको संकेत गरेको छ । पदाधिकारीमा परिपक्व नेता शेरबहादुर देउवा, पूर्णबहादुर खड्कादेखि गगन थापा, विश्वप्रकाश शर्मासम्म छन् ।

    सभापति पदको मत परिणामले प्रधानमन्त्री देउवालाई मात्रै शक्तिशाली बनाएको छैन, डा.शेखर कोइरालालाई पनि शीर्ष स्थानमा पुर्याइदिएको छ । उपसभापतिको मत परिणामले विजय गच्छदार, सुजाता कोइराला, महेश आचार्य, चन्द्र भण्डारीको भविष्य धरापमा पारिदिएको छ ।

    यसवाहेक अरू को को नेताहरूको उत्थान भएको छ ? को को नेताहरूको राजनीतिक अवशान सन्निकट ? भन्ने सन्दर्भमा कांग्रेस कार्यकर्ताहरूले अर्धैयताका साथ प्रतीक्षा गरेका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको राजनीतिक भविष्य करिवकरिव निश्चित भइसकेको छ । प्रधानमन्त्रीसमेत रहेका देउवाले केही न केही आश्वासन दिएकै कारण पौडेलले अन्तिम अवस्थामा शेखर कोइरालालाई धोका दिएको विश्लेषण गरिएको छ ।

    समाचारमा आएअनुसार पौडेलको गत १३औँ महाधिवेशनमा भएको चुनाव खर्च, भर्खर सम्पन्न १४औँ महाधिवेशनमा उम्मेदवार बन्ने लबिङ गर्ने क्रममा भएको खर्च देउवाले बेहोरेका छन् ।

    यसबाहेक राष्ट्रपति बनाइदिने विश्वास देउवाले पौडेललाई दिएका छन् । अरू जेसुकै भए पनि अब पौडेलको राजनीति देउवाको हातमा पुगेको छ ।

    पौडेलको आफ्नै राजनीतिक हैसियत बाँकी रहेन । निर्णायक क्षणमा अर्थात् अत्यन्त संकटको घडीमा साथ दिएर प्रकाशमान सिंहले देउवालाई धेरै ठूलो गुन लगाएका छन् ।

    प्रकाशमान मात्रै शेखरको पक्षमा उभिएको भए देउवा निकै संकटमा पर्ने निश्चित थियो । तर देउवालाई जोगाउने नाममा सिंहले आफ्नो अस्तित्व भने अन्धकारतिर धकेलेका छन् ।

    अब प्रकाशमानको राजनीतिक भविष्य पनि देउवाको हातमा पुगेको छ । यता विमलेन्द्र निधिको हैसियत पनि उजागर भएको छ । हिजो कोइराला क्याम्पमा पौडेलको जे हैसियत थियो, निधिको पनि देउवा क्याम्पमा त्यही हैसियत रहेछ भन्ने कुरा पुष्टि भएको छ ।

    निधि देउवा क्याम्पको अंशियार नभएर ‘यस म्यान’ मात्रै रहेको पनि पुष्टि भएको छ । तर, निधिले जति भोट प्राप्त गरे, त्यसलाई विश्लेषण गर्ने हो भने देउवासामु आत्मसमर्पण गर्नेबाहेक निधिका लागि अर्को विकल्प थिएन ।

    इतर पक्षमा शेखर कोइरालाको मात्रै सशक्त नेताका रूपमा उदय भएको छैन, अझ सशक्त नेताका रूपमा गगन थापाको पनि उदय भएको छ । जसका कारण नेपाली कांग्रेसको देउवा इतरपक्षको राजनीतिले नयाँ मोड लिनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend